रुसको कामचट्कामा विनाशकारी भूकम्प र ज्वालामुखी विस्फोट

<span class='c1'>रुसको कामचट्कामा विनाशकारी भूकम्प</span> <span class='c2'>र ज्वालामुखी विस्फोट</span>

काठमाडौं । रुसको कामचट्का प्रान्तमा ७ म्याग्निच्युडको विनाशकारी भूकम्प गएपछि शिवलुच क्षेत्रमा ज्वालामुखी विष्फोट भएको छ। भूकम्पको केन्द्र नजिकैको तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।

अधिकारीहरुका अनुसार आइतबार बिहान करिब सात बजेतिर कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट करिब ९० किलोमिटर पूर्व समुद्री तटमा भूकम्प गएको थियो । भूकम्पपछि शिवलुच क्षेत्रमा ज्वालामुखी विष्फोट भएको रुसी सरकारी समाचार एजेन्सी तासले जनाएको छ । रुसी एजेन्सी तासका अनुसार, विस्फोटबाट निस्किएको खरानी ८ किलोमिटर माथिसम्म फैलिएको छ र लावा पनि बगिरहेको छ।

सीएनएनले जनाएअनुसार, शिवलुच ज्वालामुखी १.८१ लाख जनसंख्या भएको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट २८० माइल टाढा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्