विराटनगरमा ‘कप्पल क्यान्डल लाईट डिनर’ सांगीतिक साँझ हुने

<span class='c1'>विराटनगरमा ‘कप्पल क्यान्डल लाईट</span> <span class='c2'>डिनर’ सांगीतिक साँझ हुने</span>

विराटनगर । विराटनगरमा नेपाल बिजनेस कलेजका विद्यार्थीहरूले कप्पल क्यान्डल लाईट डिनर सांगीतिक साँझ कार्यक्रम गर्ने भएको भएका छन् ।

विराटनगर ११ मा रहेको नेपाल बिजनेस कलेजका बिबिए सातौं सेमेस्टरका ६२ जना विद्यार्थीहरूले मिलेर भदौ १४ गते कार्यक्रम गर्ने कलेजले जनाएको छ।

कलेज परिसरमा सोमबार विद्यार्थीहरुले पत्रकार सम्मेलन गरी ‘द टाइमलेस टियुन’ नाम दिएर विराटनगरको जैन भवनमा भदौ १४ गते गर्ने जानकारी दिएको छ । कार्यक्रममा प्रख्यात गायक गायिका उदय सोताङ्ग र मनिला सोताङ्गले प्रस्तुति दिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । उदय सोताङ्ग र मनिला सोताङ्ग युगल जोडी गायक गायिका हुन् । कार्यक्रम व्यवस्थापक रोहन बस्नेतका अनुसार यो कार्यक्रम विशेष गरी कपल जोडीहरूलाई लक्षित गरिएको छ ।

कलेजका प्रबन्ध निर्देशक दीपक कोइरालाका अनुसार यो कार्यक्रम विद्यार्थीहरूको पाठ्यक्रमको एक परीक्षासँगै अंश हो । कार्यक्रम पश्चात् विद्यार्थीहरूले व्यवहारिक कार्य पत्र बुझाएर २० अंक प्राप्त गर्ने छन् ।

इभेन्ट निर्देशक रितिका घिमिरे र संयोजक सपना साहको नेतृत्वमा विद्यार्थीहरूले यो कार्यक्रम आयोजना गरेका हुन् । यसले विद्यार्थीहरूलाई इभेन्ट म्यानेजमेन्टको व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै पूर्वाञ्चल क्षेत्रमा नयाँ प्रकारको मनोरञ्जनात्मक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यो कार्यक्रमले शैक्षिक र मनोरञ्जनात्मक पक्षलाई सम्मिश्रण गर्दै विद्यार्थीहरूलाई व्यावहारिक अनुभव प्रदान गर्ने र स्थानीय समुदायलाई उच्च स्तरीय संगीत सन्ध्याको आनन्द दिने लक्ष्य राखेको छ ।

प्रति जोडी टिकट दुई हजार ९ सय ९९ रुपैयाँमा डिनरसहित रहेको छ । कुल २२५ कप्पल जोडीको लागि टिकट बिक्री हुने जनाइएको छ । प्रत्येक टेबलमा एक जोडी मात्र हुने आयोजकले जनाएको छ । उक्त सांगीतिक कार्यक्रमको अनुमानित खर्च साढे ७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सांगीतिक साझबाट मुनाफा भएको रकम विराटनगरमा रहेको विराटेश्वर वृद्धा आश्रममा सहयोग गर्ने विद्यार्थीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्