विराटनगरमा रात परेपछि ओभरलोड ट्याक्टरबाट मालवस्तु ओसारपसार

<span class='c1'>विराटनगरमा रात परेपछि ओभरलोड</span> <span class='c2'>ट्याक्टरबाट मालवस्तु ओसारपसार</span>

विराटनगर । विराटनगरमा रात परेपछि ट्याक्टरका डाला नाघेर मालवस्तु ओसारपसार हुन थालेपछि ट्राफिक प्रहरीले कडाई गर्न थालेको छ । भन्सार जाँचपासपछि निस्किएका ट्याक्टरमा ओभर लोड मालवस्तु राखेर ल्याउने गरिएको हो ।

प्राय : बेलुका ८ बजेपछि ट्राफिक प्रहरीको ड्युटी सकिन्छ । त्यहि मौका पारेर भन्सार एजेन्टका प्रतिनिधिले आफैं सडक क्लियर रहेको जानकारी दिदैं ट्याक्टर ल्याउने गरेका हुन् । यो सुचना पाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिहीबार बेलुका बसपार्क–रोडशेष चौकमा आकस्मिक चेकजाँच गरेको थियो ।

त्यस क्रममा एकै पटक १३ ट्याक्टर सडकमा रोकिएका थिए । जसमध्ये कतिपय भारतीय ट्याक्टर समेत रहेका थिए । विराटनगरमा ग्रिलको समेत काम गर्दै आएका लालबच्चनले एजेन्टका प्रतिनिधिमार्फत मालवस्तु ओसार–पसार गर्दै आएका छन् । उनी भारतीय नागरिक हुन् । भन्सारबाट मालवस्तु ट्याक्टरमा बोकाएर उनी भाडा असुल्छन् ।

ओभरलोड भएका ट्याक्टरहरु रोकिएपछि भन्सार एजेन्ट सन्जय साह, कुन्दन मण्डल, लालबच्चनसहितका व्यक्तिहरु घटना भएका स्थानमा आईपुगेका थिए । त्यस क्रममा किशोर शाहीले जाँचपास गरेका मालवस्तु समेत ट्याक्टरमा लोड गरेर ल्याउने क्रममा रोकिएको थियो ।
तर, शाहीले भने नियमानुसार तोकेको शुल्क काटेर मात्रै ल्याउनुपर्ने प्रावधान विपरित कतिपय ठाउँमा फटाँई समेत हुने गरेको बताए । उनले चिट काटिसकेका माल बोकेका सवारी समेत रोक्न नमिल्नेमा हुन्डीमुन्डीमा होल्ड गरिनु दुल्खको कुरा भएको बताए ।

रात परेपछि भन्सार क्षेत्रमा जाँचपास भएको मालवस्तु ट्याक्टरमा ओसार्ने गरिएको छ । डालाभरी राखेको मालवस्तु कटाउन ट्राफिक प्रहरी सडकमा भए/नभएको रेकी भन्सार एजेन्टका प्रतिनिधिले गर्ने गरेका छन् । ट्याकटर रोकिएको विषयमा कुन्दन मण्डलसँग सोधपुछ गर्दा उनले आईसिपीमा ट्रकले सिटीलाई ठक्कर दिएर जाम लागेकोले काट्नुपर्ने चिट कटाउन नसकेको बताए । उनले जामको बेला ट्याक्टर बाहिर निस्केको बताए ।
मोरङका ट्राफिक प्रमुख सुमन न्यौपानेले सवारी यातायात व्यवस्था ऐनको दफा १६० (२) अनुसारको कारवाही गरिएको बताए । यस ऐनको प्रावधान अनुसार सार्वजानिक सवारीमा राख्न मिल्ने मान्छेको संख्या वा मालसामानको वजन निर्धारण गरेभन्दा बढी भएमा राखी चलाएमा हुने जरिवाना काटिने बताए ।

कृषि प्रयोजनका लागि भित्रिएका ट्याक्टरमा उद्योग तथा व्यापारको मालवस्तु बोकेर ल्याउन पाइदैन । त्यो नियम मिचेका ट्याक्टर धनीहरुले भने ट्राफिक प्रहरीले बार्गेनिङ गर्न सवारी रोकेको आरोप लगाएका छन् । तर, रातभरी ट्याक्टरमा मालवस्तु ओसारपसार गराउने कार्य भईरहेकोले सडकमा ड्युटी खटिएको न्यौपानेले बताए ।

भन्सार कार्यालयले समेत एजेन्टको इन्ट्रेस्टमा सहजीकरण गर्दै आएकोले पनि मालवहाक ट्रक वा ठूला सवारी भन्दा ट्याक्टरको जाम यार्डमा लाग्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्