रुसका ९२ गाउँ युक्रेनको कब्जामा

<span class='c1'>रुसका ९२ गाउँ</span> <span class='c2'>युक्रेनको कब्जामा</span>

काठमाडौं । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनप्रति नागरिकहरुले प्रश्न उठाउन थालेका छन् । पछिल्लो समय पुटिनविरुद्ध सामाजिक सञ्जालमा नागरिकहरुले आक्रोश ब्यक्त गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार रुसको कुस्र्कमा युक्रेनी आक्रमणपछि पुटिनको लोकप्रियता घटेको दावी गरेको छ । युक्रेनी सेनाको आक्रमणलाई रुसी सरकार र विशेषगरी पुटिनको असफलताका रूपमा हेरिएको छ । पुटिनको युद्ध नीति असफल भएको भन्दै मानिसहरूले उनको राजीनामाको माग गरिरहेका छन् । युक्रेनी सेनाले रुसको सुदजा सहरमा प्रवेश गरेपछि लेनिनको मूर्ति भत्काएका छन् ।

गत वर्ष रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको नेतृत्वमा भएको विद्रोहपछि पुटिनको लोकप्रियता घटेको थियो । यद्यपि पुटिनले पछि यसलाई नियन्त्रण गरेका थिए । अब कुस्र्कमा युक्रेनी सेनाको सफलतापछि पुटिनको लोकप्रियतामा आएको गिरावट फेरि बढेको छ । अगस्ट ६ तारिखमा युक्रेनले पहिलो पटक रुसको भूभागमा प्रवेश गरी आक्रमण गरेको थियो । त्यसयता युक्रेनले दुई हप्तामा रुसबाट १२६३ वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको दावी गरिएको छ । युक्रेनी सेना कुस्र्कमा २८–३५ किलोमिटर अगाडि बढेको छ भने ९२ गाउँ कब्जा गरिसकेको जनाइएको छ ।

१६ अगस्टमा सुदजामा रुसी र युक्रेनी सेनाबीच युद्ध भएको थियो । त्यहाँबाट रूसी सेना पछि हट्नु परेको थियो । सन् २०२४ को ८ महिनामा रुसले कब्जा गरेको भन्दा युक्रेनले २ हप्तामा बढी जमिन कब्जा गरेको युक्रेनले दाबी गरेको छ । दोस्रो विश्वयुद्धपछि कुनै पनि देशले रुसको यति ठूलो भूभाग कब्जा गरेको यो पहिलो पटक हो । यही कारण सामाजिक सञ्जालमा रुसी जनताले पुटिनसँग युद्ध नीतिमा परिवर्तनको माग गरिरहेका छन् । कुस्र्कमा भएको आक्रमणका कारण जनतामा त्रास फैलिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्