सप्तरीमा बम राख्ने दुई पक्राउ

<span class='c1'>सप्तरीमा बम राख्ने</span> <span class='c2'>दुई पक्राउ</span>

सप्तरी, मंसिर २० गते।
सप्तरी प्रहरीले जिल्ला प्रशासन कार्यालय सप्तरीमा बम राख्ने दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहा गौरीपुर–५ का नथुनी यादव र सप्तरी प्रसवनी-७ घर भई राजविराज–५ बस्ने भवानीप्रसाद यादव छन्। उनीहरुलाइ प्रहरीले शनिबार मलेठ गाविस–५ बाट पक्राउ गरेको हो।
गत १२ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा खैरो रङको झोलामा एक थान तीन लिटरको प्रेसर कुकर बम भेटिएको थियो।
उक्त बम नेपाली सेनाको कृष्णदल गण, भलुवाहीको सहयोगमा निष्कृय बनाइएको थियो।
बम निष्कृय गर्नेक्रममा नेपाली सेनाका दुई र नेपाल प्रहरीका तीन जना घाइते भएका थिए।
घटनास्थलबाट जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समूहको पर्चा पम्लेट समेत फेला परेको थियो।
पक्राउ परेका दुबै जना जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समुहमा आवद्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले संगठिन अपराध ऐन तथा बिस्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दा चलाइएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्