भोजपुरबाट विराटनगर, त्यसपछि अमेरिका पुगेकी मुना पाण्डेको हत्या

<span class='c1'>भोजपुरबाट विराटनगर, त्यसपछि अमेरिका</span> <span class='c2'>पुगेकी मुना पाण्डेको हत्या</span>

विराटनगर । अमेरिकामा भोजपुरकी एकजना नेपाली युवतीको हत्या भएको छ। गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको हो।

शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएको बताइएको छ । होस्टन प्रहरीले उनलाई धेरै पटक गोली लागेको बताएको छ । टाउको र छातीमा उनलाई गोली लागेको छ ।
मुनाको विषयमा जानकार रिया गेलालका अनुसार उनले कोशी कलेज पढेकी थिइन् । अहिले आमाले आफ्नी छोरीको लासलाई नेपाल फर्काएन चाहेको गेलालले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्दै सबैसँग सहयोगको अपिल गरेकी छिन् । आमा अनिता पाण्डेले छोरी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्धलाई लिएर केही तनावमा रहेको बताएकी छिन् ।

मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन्। प्रहरीले हत्या कसले गरेको भन्ने सन्दर्भमा अझै निचोड निकाल्न नसकेको भन्दै आएको छ । २१ वर्षीया मुना तीन वर्ष अघि अमेरिका पुगेकी थिइन् । अपार्टमेन्टमा एक्लै बस्दै आएका कारण सन्दिग्ध अपराधीको पहिचान गर्न समस्या परेको बताइएको छ ।

घटना थाहा भएपछि अपार्टमेन्टका अधिकारीहरुले एम्बुलेन्सलाई फोन गरेपछि तत्काल आएका एम्बुलेन्सका चिकित्सकहरुले जाँच गर्दा घटनास्थलमा नै उनको मृत्यु भइसकेको जनाएका थिए । ह्युज्टन कम्युनिटी कलेजमा स्नातक तहमा अध्ययनरत थिइन् उनी । पारिवारिक स्रोतलाई उद्धृत गर्दै त्यहाँका समाचारपत्रहरुले जनाए अनुसार उनको एक जना श्वेत अमेरिकी केटासँग प्रेम सम्बन्ध थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्