विराटनगरमा ५० वर्ष पुरानो नागेद्र पान पसल, हजुरबुबाको बिँडो थाम्दै नाति

<span class='c1'>विराटनगरमा ५० वर्ष पुरानो नागेद्र पान</span> <span class='c2'>पसल, हजुरबुबाको बिँडो थाम्दै नाति</span>

इन्दु साह
विराटनगर ।पान पारखीका लागि विराटनगरमा धेरै गन्तव्य छन् । तीमध्ये पनि ५० वर्ष पुरानो नागेन्द्र पान पसल धेरैको छनौटमा पर्दछ । यो पसल शहरको मुटुमा अवस्थित छ । यहाँका बासिन्दाहरूको मनमा विशेष स्थान बनाएको छ। पसल स्थापना नागेन्द्र साहले गरेका थिए । उनको निधनपछि छोरा र नातीले उक्त पानपसल चाईरहेका छन् । नागेन्द्रले २०२८ मा यो पसल सुरु गरेको थिए।

त्यतिबेला एक पानको मूल्य ५० पैसा थियो । अहिले ५० रुपैयाँबाट सुरु हुन्छ । अहिले समय बदलिएको छ, तर पानको स्वाद र यसको आनन्द उस्तै छ। नाती सुरज भन्छन् एक हजार ५५० रुपैयाँ सम्मको पान बनाएको छु । हजुरबुबा (नागेन्द्र) ले राजाका दरबारमा समेत पान बनाएर पठाउने गरेको नाती सुरजले बताए । साथै गिरीजाप्रसाद कोईरालादेखि सुशील कोईरालासहित राजनीतिक नेताहरु त्यहाँ पान खान पुग्थे ।
अहिले पनि दैनिक एकसयजना भन्दा बढि ग्राहक आउँछन्। सुरजका अनुसार बिहान–बेलुका यहाँ भिड हुने गरेको छ । बिहान खाना खाईसकेपछि र साँझमा एक पटक पान खानेको भीड लाग्ने गरेको उनले बताए । त्यहाँ पान खान पुगेका ३८ वर्षीय राजन कार्की भन्छन् यहाँको पान खाएर मात्रै मेरो दिनको सुरुवात हुन्छ । उनले गफर्गर्दै भने यस पसलसँग पानका पारखीको गरिहो माया छ । यस पसलको पानमा पहिलेकै जस्तो स्वाद भएको उनको भनाई छ।

ट«ाफिक चौकस्थित पाण्डे पान पसल समेत पुरानो पन पसलको नाममा प्रसिद्ध रहेको छ । ५८ वर्षीय प्रधुमन पाण्डेले आज भन्दा ४० वर्ष अगाडि देखि पान पसल संचालन गर्दै आएका छन । हालन प्रधुमन र उनको छोरा विजेन्द्र पाण्डेले पान बेचि रहेका छन् । विजेन्द्रका अनुसार यहाँ पान प्रेमीहरु दैनिक १०० देखि १५० जनासम्म आउने गरेका छन् । पान खान आउने ग्राहकलाई यसको स्वादसँग दिन राम्रो हुने विश्वास जाग्ने गरेको उनको बुझाई छ ।
पाण्डे पान पसलमा रु २० रुपैँया देखि २५० बढि मुल्य पर्ने पान बिक्री हुने पाण्डेले बताए । यसैगरी ३४ वर्षीय सुरज सिंहले उनको बुबापछि उनले पान बेच्दै आएका छन् । सुरजका बुबाले ३५ वर्ष पहिले संचालन गरेको पान पसल अहिले उनले चलाउदे आएका छन् । उनकोमा समेत दैनिक १५० जना सम्म पानका पारखीहरु आउने गरेका छन् । उनकोमा पान खान आएका २९ वर्षिय सुनील शर्मा भन्छन् गुट्खाको सट्टा मैले पान खान थालेको हु । खैनी , चुरोट र खैनीको सट्टा पानले खान उचित लागेको बताए ।

विराटनगरका यी प्रसिद्ध पानपसलहरुमा बिहान १० बजे र राति ८ बजेदेखि पान खाने ग्राहकहरुको भिड लाग्ने गर्दछ । यी पानको पसलहरुमा विभिन्न प्रकारको पान पाइन्छ सादा पान, मीठा पान, मसाला पान, जर्दा पान र विशेष लगायतका किभिन्न प्रकारका पान पाईन्छ । पान खानेहरूका लागि यो केवल एक आदत मात्र होइन, जीवनशैली नै हो। तर पान खादा सुपारी र तम्बाकु नमिसाई खाँदा राम्रो हुन्छ । विराटनगरका यी पान पसलहरुले सांस्कृतिक र सामाजिक जीवनमा महत्त्वपूणर् भूमिका खेलेको छ। यो पसल पान प्रेमीहरूका लागि मात्र नभई, शहरको पहिचान र परम्पराको प्रतीक बनेको यहाका स्थानियको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्