महानगर प्रहरी र नेपाल प्रहरीको सहकार्य राम्रो भएको छ : मेयर शाह

<span class='c1'>महानगर प्रहरी र नेपाल प्रहरीको सहकार्य</span> <span class='c2'>राम्रो भएको छ : मेयर शाह</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरपालिका प्रहरी र नेपाल प्रहरीले गर्दा सडक व्यवस्थापन गर्न सजिलो भएको बताएका छन् ।

शुक्रबार ३२ औं महानगर प्रहरी दिवसलाई सम्बोधन गर्दै मेयर बालेनले महानगरपालिकामा हुने काममा सबैभन्दा पहिले अग्रपङ्क्तिमा नगर प्रहरीको हात रहेको बताएका हुन् ।

उनले भने, ‘महानगरपालिकामा हुने नीति तथा कार्यक्रमलाई पालना गर्न विभिन्न विभागहरुबाट सहयोग गर्न अग्रपङ्क्तिमा जानुहुने नगर प्रहरीका पदाधिकारीहरु, जवानहरु, उहाँहरुले गर्दाखेरी विभागका सबै कार्यहरु सहज तरिकाले भएका छन् । स्वास्थ्य विभागको स्वास्थ्य औषधि पसलहरुदेखि लिएर विभिन्न अस्पताल क्लिनिकहरु वा खाद्यानको अनुगमनदेखिका सबै विभागका कामहरुको लागि नगर प्रहरीको महत्वपूर्ण भूमिका रहेको छ ।’

साथै उनले साउद एसियाको विकास हुँदै गएको देशमा कामहरु गर्न निकै गाह्रो अवस्था रहेको उल्लेख गरे । उनले कालोपत्रे सडक अतिक्रमणलाई र फुटपातमा व्यवसाय गर्दाखेरीको अतिक्रमणलाई सहज बनाउन महानगरले धेरै चुनौतीहरुको सामना गर्नुपरेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्