‘मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?’

<span class='c1'>‘मैले १७ हजार मान्छे मारेको</span> <span class='c2'>छु र खुट्टा कमाउने ?’</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ता स्वार्थको लागि कसैमाथि अन्याय नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तक लोकार्पण समारोहमा उनले समाजलाई थिति र विधिबाट चलाउनुपर्ने भन्दै कसैमाथि अन्यायपूर्ण तरिकाले अत्याचार नगर्ने बताए ।

उनले भने, ‘अन्याय कसैमाथि हुनु हुदैँन् । तर समाजलाई थिति र विधिबाट चलाउनु पर्छ । कानूनको राज हुनुपर्छ । म के स्पष्ट पार्न चहन्छु भने अहिलेको सरकारले कुनै कसैमाथि अन्यायपूर्ण तरिकाले आफ्नो हित, सत्ता स्वार्थलाई केन्द्रमा राखेर अन्याय अत्याचार गर्दैन् । यसमा प्रतिबद्धता सरकारको प्रमुखको रुपमा म चाहन्छु ।’

यस्तै, उनले पुष्पकमल दाहाल प्रचण्डले श्रीलंका र बंगलादेशबाट केही कुराहरु सिक्नुपर्ने उपदेश दिएको भन्दै आफूले केही गलत काम नगरेको बताए ।
उनले भने, ‘प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर उपदेश दिनुभएछ । मैंले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? लुटपाट गरेको छु र ? जसले चर्को स्वरमा सिक सिक भनिरहेको छ राम्रो तरिकाले आफैं सिक्नलाई आग्रह गर्दछु । नेपाल कुनै देशको फोटोकपी गर्ने देश होइन् । यहाँ आफ्नै इतिहास र परम्परा छ । झुठ अहिलेसम्म बोलेको छैन् बोल्दिन् पनि । जानी जानी कसैको अधिकार हनन् गरेको छैन्, गर्दिन् । जानी जानी कसैको अहित गरेको छैन् गर्दिन र नराम्रो काम गरेको छैन् गर्दिन् तसर्थ म ढुक्क छु ।’

राजनीति र राज्य व्यवस्थालाई घृणा गर्नु भनेको सामाजिक अराजकता मात्र भएको उल्लेख गर्दै उनले यसले समाजलाई कुनै राम्रो परिणाम नदिने बताए ।
उनले भने, ‘राजनीति र राज्य व्यवस्थालाई घृणा गर्ने, विधिको शासनलाई घृणा गर्ने भनेको सामाजिक अराजकता मात्र हो । यसले समाजलाई कुनै राम्रो परिणाममा पु¥याउदैँन् । घृणाको राजनीति, अराजकता अथवा संस्कारहीन तरिका जस्ता कुराहरुले समाजलाई वेतिथितर्फ लान्छ । समाजलाई अराजकता र असभ्यताले छिन्नभिन्न मात्रै गर्छ ।’ ओलीले सबै जाति, भाषाका जनतालाई एउटा सूत्रमा बाध्ने भनेको राजनीति नै भएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्