चार देशका प्रस्तावित राजदूतले समितिमा जनाए प्रतिवद्धता

<span class='c1'>चार देशका प्रस्तावित राजदूतले</span> <span class='c2'>समितिमा जनाए प्रतिवद्धता</span>

काठमाडौं । संसदीय सुनुवाई संयुक्त समितिमा चार देशका लागि प्रस्तावित नेपाली राजदूतहरुको सुनुवाइ सकिएको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा चीनका लागि प्रस्तावित राजदूत प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनका लागि डा.शैल रुपाखेती र भारतका लागि डा.शंकर शर्मा माथिको सुनुवाई सकिएको हो ।

सुनुवाईको क्रममा चीनका लागि प्रस्तावित राजदूत प्राडा कृष्णप्रसाद ओलीले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, राष्ट्रको समृद्धि र विकासका लागि आफ्नो दायराभित्र रही कूटनीतिक पहलमार्फत् देश र जनताको हितमा कार्य गर्ने प्रतिवद्धता जनाए । उनले भने,‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, राष्ट्रको समृद्धि र विकासका लागि आफ्नो दायराभित्र रही कूटनीतिक पहलमार्फत् देश र जनताको हितमा कार्य गर्नेछु ।’ साथै उनले बीआरआईबारे सरकारले लिने निणर्य कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

यस्तै भारतका लागि राजदूतमा प्रस्तावित डा.शंकर शर्माले आफ्नो कार्ययोजना पेस गर्दै नेपाल सरकार द्वारा प्रदान गरिएको दिशानिर्देश अनुसार काम गर्ने प्रतिवद्धता जनाए । विभिन्न स्तरहरुमा उच्च स्तरिय भ्रमण र विशेषज्ञहरुको नियमित आदानप्रदान जारी राख्न मद्दत गर्ने पनि उनको भनाई छ ।
उनले भने,‘नेपाल सरकार द्वारा प्रदान गरिएको दिशानिर्देश अनुसार काम गर्ने छु । विभिन्न स्तरहरुमा उच्च स्तरिय भ्रमण र विशेषज्ञहरुको नियमित आदानप्रदान जारी राख्न मद्दत गर्ने साथै द्विपक्षीय सम्बन्धलाई सम्बोधन गर्न र सुधार गर्न विद्यमान लगभग तीन दर्जन सरकारी स्तरका द्विपक्षीय संयन्त्रहरुको बैठकहरु छिटो गर्ने प्रयास गर्नेछु ।’

त्यसैगरी डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरले जेन्डर जस्टिस क्लाइमेट चेन्जलगायतका क्षेत्रमा पनि कूटनीतिक पहल गर्ने बताइन् । डेनमार्कले उनले आफू राजदूत भएमा डेनमार्क नर्वे फिनल्यान्ड स्विडेनलगायतका देशमा उच्चस्तरीय भ्रमणलाई अगाडि बढाउने पनि बढाउन कुटनीतिक पहल गर्ने पनि बताएकी छन् । जर्मनको राजदूतमा प्रस्तावित डा.शैल रुपाखेतीले पनि आफ्नो कार्य योजना पेस गरेका छन् । उनले आफू राजदूत पदमा नियुक्त भए आर्थिक, कूटनीति, निर्यात प्रवर्द्धन, लगानी प्रवर्द्धन प्रविधि हस्तान्तरण लगायतमा महत्वपूर्ण काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्