प्रमुख बालेनद्वारा एमाले सांसदलाई पक्राउ गर्न प्रधानमन्त्रीमाथि दबाब

<span class='c1'>प्रमुख बालेनद्वारा एमाले सांसदलाई</span> <span class='c2'>पक्राउ गर्न प्रधानमन्त्रीमाथि दबाब</span>

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुक मार्फत दबाब दिएका छन्।

आइतबार बेलुका मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको पोस्टमा सांसद शर्माले ८ वर्षदेखि एक बालिकालाई बन्दी बनाएर घरेलु कामदारको रूपमा राखी बाल श्रमशोषण गरेको आरोप लगाएका छन्। काठमाडौं महानगरले विगत दुई महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि सरकारले प्रक्रिया अगाडि नबढाएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

सांसद शर्माको फोटोसहित प्रमुख शाहले लेखेका छन्,‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाऊ भनेर भनी सकेको छ । सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ??’

यस घटनाले नेपालमा बाल अधिकार र राजनीतिक नेतृत्वको जवाफदेहिताको मुद्दालाई पुनः एकपटक चर्चामा ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्