इराकको पहिलो जनगणनाका लागि दुई दिने कर्फ्यु

<span class='c1'>इराकको पहिलो जनगणनाका लागि</span> <span class='c2'>दुई दिने कर्फ्यु</span>

बगदाद । इराकमा २७ वर्षमा मुलुकको पहिलो जनगणनाका लागि नोभेम्बरमा दुई दिने कर्फ्यु लगाउने अधिकारीहरूले आइतबार घोषणा गरेका छन् ।

“जनगणना गर्न इराकका सबै प्रान्तमा नोभेम्बर २० र २१ मा कर्फ्यु लगाइने छ”, प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले एक विज्ञप्तिमा भन्नुभयो ।

दशकौँको द्वन्द्व र हिंसाले ग्रस्त इराकले विशेषगरी विवादास्पद क्षेत्रहरूमा समुदायहरूबीचको तनावका कारण धेरै पटक जनगणनालाई स्थगित गरेको छ ।

पछिल्लो पटक स्वायत्त कुर्दिस्तान क्षेत्र बन्ने तीन उत्तरी प्रान्तलाई छाडेर सन् १००७ मा इराकका १५ प्रान्तमा सामान्य जनगणना भएको थियो ।

छिटपुट हिंसा र राजनीतिक उथल–पुथल भए पनि इराकले हालैका वर्षहरूमा स्थिरताका केही झलक हासिल गरेको छ । हालको अनुमानले आजको जनसङ्ख्या करिब चार करोड ३० लाख राखेको छ ।

अधिकारीहरूले आगामी जनगणनाका लागि संयुक्त राष्ट्र जनसङ्ख्या कोष (युएनएफपीए) सँग साझेदारी गरेका छन् ।

“इराकलाई सही जनसाङ्ख्यिकीय जानकारी प्रदान गर्न, प्रभावकारी नीति निर्माण गर्न गर्न र समावेशी विकासलाई प्रवर्द्धन गर्न यो पहलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, एजेन्सीले भनेको छ ।

विगतमा इराकमा प्रत्येक १० वर्षमा जनगणना हुने गर्थ्यो । सन् २००७ मा मुलुकमा साम्प्रदायिक हिंसामा फसेको बेला जनगणना हुन सकेन । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्