संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी छ : राष्ट्रपति पौडेल

<span class='c1'>संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेका हक अधिकारको</span> <span class='c2'>वास्तविक कार्यान्वयन जरुरी छ : राष्ट्रपति पौडेल</span>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी भएको बताएका छन् ।

मंगलबार प्रथम महिला सविता पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तब्य राख्दै राष्ट्रपति पौडेलले महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि विस्तारै विकास हुँदै गएको बताए ।

उनले भने,‘आज समाजमा धेरै परिवर्तन आइसकेको छ । महिलाहरूको अवस्थता अब यस्तो छैन् भन्ने मलाई लाग्दछ । नेपालको संविधान, ऐन कानुनमा महिला अधिकारको धेरै व्यवस्था भइसकेको छ । महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि विस्तारै विकास हुँदैछ । तर संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेको हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी छ ।’

उनले ले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण सम्वद्र्धन र निरन्तरतामा लागिरहनुपर्ने पनि उल्लेख
कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवि भण्डारी, महिला मन्त्रीहरू, महिला सांसदहरु, विभिन्न ओहोदामा रहनुभएको उच्च पदस्थ महिला अधिकारीहरूको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्