तत्काल वामपन्थी मोर्चा नबन्ने एमालेको निष्कर्ष

<span class='c1'>तत्काल वामपन्थी मोर्चा</span> <span class='c2'>नबन्ने एमालेको निष्कर्ष</span>

काठमाडौं । नेकपा (एमाले) ले आगामी निर्वाचन एक्लै लड्ने निचोड निकालेको छ ।

बुधबार पोलिट्ब्युरो बैठकपछि एमालेले पनि बैसाखी नटेक्ने गरी एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको हो ।

बुधबार पोलिट्ब्युरो बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘अहिले कुनै वामपन्थी मोर्चा बन्दैन । त्यो दिशामा फर्केर हेरेका छैनौँ, एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर हिजो पनि चुनाव लडेको हो । आज पनि एक्लै चुनाव लड्छौँ । कसैको बैसाखी टेक्दैनौँ भन्ने कुरा उठेको छ, गौतमले भने । ’

उनले अहिले कुनै मोर्चाबन्दी बनाउन नहुने निष्कर्ष निकालेको बताए । तत्काल कुनै वामपन्थी मोर्चा नबन्ने निष्कर्ष निकालिएको जानकारी दिए । बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको कार्ययोजनामा ५१ जना सदस्यले आफ्नो धारणा राखेका थिए । प्रभावकारी कार्यान्वयनमा नेताहरूले जोड दिएका थिए। बैठकले १५ वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्