सिरहाकाे मिर्चैयामा बम विस्फाेट

<span class='c1'>सिरहाकाे मिर्चैयामा</span> <span class='c2'>बम विस्फाेट</span>

सिरहा जिल्लाको मिर्चैयास्थित शीला पेट्रोल पम्प अगाडि अाज बिहीबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको छ। बिहान गराइएको उक्त कुकर बम बिस्फोटबाट कुनै क्षति नभएको सिरहा प्रहरी प्रमुख (एसपी) शेखर कोइरालाले जानकारी दिएकाे समाचार नागरिक दैनिकले अाफ्नाे वेबसाइटमा प्रकाशित गरेकाे छ ।

बिहान १ बजेर ४० मिनेट जादा पेट्रोल पम्प अगाडि बम बिस्फोट गराइएको एसपी कोइरालाले बताए। घटनाको अनुसन्धान जारी रहेको उनले बताए ।

सो विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका अध्यक्ष जयकृष्ण गोइतले लिएका छन्। दुई साता अगाडि जिल्ला प्रसाशन कार्यालय सप्तरीमा प्रेसर कुकर बम राखिएको थियो । यसको जिम्मेवारी पनि गोइतले लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्