-ऋषि तिवारी
धेरै बर्ष अघि, अनि धेरै दिनपछि सुन्तली तीज मनाउन भनेर, सासु, ससुरासंग बिदा मागेर, आफ्नो लोग्नेसंगसंगै, सहरको बाटो लागिन् । उनको लोग्ने दैनिकी जसो सहर धाउथे । सहरमा उनको जागिर थियो ।
बुडाबुडी गफ गर्दै हिड्दै थिए । स्वभावका धनी पतिदेव भन्थे, पत्नीलाई, 'खै कहिले फर्किन्छौं कुन्नि ?' उनी जवाफ दिन थालिन्, 'पंचमी सकेर फर्किन्छु।'
उनी फेरि भन्न थालिन्, 'किन र ? तपाइँको पनि दिदी- बहिनीहरु आइहाल्नु हुन्छ त ?' मेरापनि भाइहरु छन्, दाइहरु छन् । आमा- बा छन् ।
सहर पुगे, बाइक रोके । गाडीको हरन बज्दै गाडीहरु ठाउँ,ठाउँमा श्लो गर्दै खलासी कराउन थालेको थियो, 'पूर्व, पूर्व ।'
अर्थात पूर्व जाने गाडी रहेछ । तीनलाई पश्चिम जाने गाडीको आवश्कता थियो ।
ऊ नाडीमा बाँधेको घडी हेर्दै थियो ! जागिरमा हाजिरी गर्ने समय हुँदै थियो उसको ।
'पश्चिम, पश्चिम' भन्दै एउटो खलासी गाडीको ढोकाबाट कराउन थाल्यो । 'ए ! भाइ, ए ! भाइ, रोक, रोक ।' खलासी स्थिर गाडीको ढोकाबाट फुत्त निस्कियो र,भन्यो, 'कहाँ जाने, तपाईं ?' 'पश्चिम जाने पश्चिम ।' तीनले भनिन् । खलासीले उनको हातको, ठूलो झोला फुत्त बसभित्र फ्याँक्यो र, उनलाई घचड्दै भित्र जान अनुरोध गर्यो ।
लोग्ने स्वास्नीको न टाटा, न बाइ,बाइको संकेत भो न केही । गाडी रफ्तारमा कुदेको हेरि रह्यो ।
मोवाइल बज्यो, उनको पत्नीको रहेछ । 'ल कामबाट छिट्टै गाउँ फर्किनु, म आरामले पुग्छु । आफूलाई ख्याल गर्नु हैं, मेरो प्यारो बुडा ।'
ऊ ड्युटी सकेर, गाउँ पुग्यो, घर पुग्यो । घरकै आँगनमा दिदी बहिनी, बा- आमासंग गफ गर्दै गरेको देख्यो, र, भान्जा भान्जीहरु उफ्रिरहेको देखेर, मनमनै भन्न थाल्यो, 'तीज घरको माइतीको चेली कै रहेछ ।'
ऊ, आफ्नीलाई सम्झिन थाल्यो, उनी पनि पुगिन् होला । मोवाइलले काम गरेन होला, सम्पर्क विच्छेद गर्या छ । यति बुझ्यो, 'हसियाँ बोकेर उनी वस्तु भाउको लागि घाँस काट्न मकैबारी पसिन् होली ।'
विराटनगर-६, ममता- मार्ग ।