प्रतिशत नतोक्दासम्म महिलाहरु निर्णायक पदमा पुग्न सक्दैनन् : परराष्ट्रमन्त्री राणा

<span class='c1'>प्रतिशत नतोक्दासम्म महिलाहरु निर्णायक पदमा</span> <span class='c2'>पुग्न सक्दैनन् : परराष्ट्रमन्त्री राणा</span>

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सरकारमा जति समावेशि र समानुपातिक हुनुपर्ने हो त्यो नभएको बताएकी छन् ।

सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले यति प्रतिशत हुनुपर्छ भनेर नतोक्दासम्म निर्णायक पदमा महिला पुग्न गाह्रो भएको बताएकी हुन्।

उनले भनिन् , ‘कुनैपनि ठाउँमा निर्णायक पदमा महिला राख्नको लागि यति हुनैपर्छ भनेर नतोकिंदासम्म पदमा पुग्न महिलालाई गार्हो छ । अहिले पनि हामी दुईजना बल्लतल्ल महिलाको तर्फबाट प्रतिनिधित्व गरेर काम गरिरहेका छौं । त्यस्तै ठ्याक्कै प्रतिशत हुनुपर्छ भनेर नतोकिंदासम्म महिलाहरुलाई सँधै गार्हो पर्नेछ ।’ साथै उनले कुटनीतिक ज्ञान र स्वभाव हेरेर दलित कोटालाई समितिहरुमा समावेश गरिएको बताइन् । उनले मन्त्री र सांसद एकअर्काको पुरक भएको समेत बताएकी छन् ।

उनले भनिन्, ‘जति समावेशी हुनुपथ्र्यो, समानुपातिक हुनुपथ्र्यो त्यो भएको छैन । मन्त्री, सांसद र समिति भनेका एकअर्काका परिपुरक हुन् । सांसद र संसदीय समितिहरु बढी जिम्मेवार हुनुपर्छ ।’साथै उनले राजदूत सिफारिस गर्दा समावेशी हुन नसकेको स्वीकारेकी छिन् । सोमबार संसदको सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै राजदूत सिफारिस गर्दा मुस्लिम र दलित खोजी भएको बताइन् । तर, राजदूत नियुक्त गर्दा कूटनीतिमा ज्ञान भएकाहरूको सूची बनाउनुपर्ने बताइन् । परराष्ट्रमन्त्री राणाले संविधानका धारामा पाएको अधिकार पनि नपाइएको बताइन् । उनले राजदूत सिफारिस गर्दा ५० प्रतिशत कर्मचारी हुनुपर्ने व्यवस्था भएको उल्लेख गर्दै यो पटक महिलालाई प्रमोट गरिएको बताइन् ।

परराष्ट्रमन्त्री राणाले भनिन्, ‘१९३ देशमा नेपालीको बसोबास छ । डायस्पोरालाई कसरी सम्बोधन गर्ने र यसलाई ध्यान दिनुपर्छ । जनता र देश अगाडि बढिसक्यो कूटनीति भने १९८० को रहेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्