बीपीको छोरा भएकैले सजिलै चुनाव जिताइ दिन्छन : नेता कोइराला

<span class='c1'>बीपीको छोरा भएकैले सजिलै चुनाव</span> <span class='c2'>जिताइ दिन्छन : नेता कोइराला</span>

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले वीपीको छोरा भएकै कारण सजिलै चुनावहरु जित्ने गरेको दाबी गरेका छन्।

सोमबार नेपाली कांग्रेस बागमती प्रदेशले वीपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा ‘वीपी, व्यक्ति एकः विचार अनेक’ विषयक विचार प्रवाह कार्यक्रममा उनले वीपीको छोरा हुँदा सबै कुरामा उत्कृष्ट हुन धेरै कठिन भएता पनि छोरा भएको हुनाले हरेक कुरामा सबैभन्दा अगाडि आएको उनको दाबी थियो ।

उनले भने, ‘सबै कुरामा उत्कृष्ट हुन धेरै नै गार्हो छ । कहिलेकाही मलाई के लाग्छ भने म एउटा साधारण परिवारको सदस्य भएको भए कति स्वतन्त्र हुन्थे होला । तर म आफूलाई पूरै जकडियको अनुभव गर्छु । यो गर्नु हुदैँन्, यो गर्नुपर्छ, राम्रो गर्नुपर्छ भन्नेमा केन्द्रित हुनुपरेको छ । तर यसमा एउटा रमाइलो पक्ष पनि छ बीपीको छोरा भएको हुनाले हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् । कति सजिलै चुनाव पनि जित्छु । केही गर्नै पर्दैन् ।’

उनले वीपीले ठूलो होइन असल मान्छे बन्नुपर्छ भन्ने गरेकाले असल बन्न पनि धेरै कठिन हुने गरेको सुनाए । बीपी व्यक्ति भन्दा पनि विचार भएको उल्लेख गर्दै उहाँले जीवनभर संघर्ष गर्नुभएको कुरा सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्