विश्व क्रिकेट लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा

<span class='c1'>विश्व क्रिकेट लिग–२ का लागि</span> <span class='c2'>नेपाली क्रिकेट टोली घोषणा</span>

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा नेपालले क्यानडामा हुने विश्व क्रिकेट लिग २ को दोस्रो चरणका लागि सोमबार अन्तिम टोली घोषणा गरेको छ ।

दुई सातापछि हुने लिग २ मा नेपालले क्यानडा र ओमानसँग २–२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

छनोट अन्य खेलाडीमा आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललितसिंह राजवंशी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन् । देव खनाल टोलीमा ट्राभलिङ रिजर्भ खेलाडीको रूपमा रहनेछन् । सन् २०२७ मा दक्षिण अफ्रिकामा हुने एकदिवसीय विश्वकप छनोटको आधार रहेको लिग २ मा नेपालले सेप्टेम्बर १६ मा क्यानडा, १८ मा ओमान, सेप्टेम्बर २२ मा क्यानडा र २४ मा ओमानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्