चीनका केही शहरमा विदेशी अस्पताल खोल्न दिने तयारी

<span class='c1'>चीनका केही शहरमा विदेशी</span> <span class='c2'>अस्पताल खोल्न दिने तयारी</span>

काठमाडौं । चीनले बेइजिङ, तियानजिन, शाङ्हाई, नानजिङ, सुझाउ, फुझाउ, ग्वाङ्झाउ, सेन्जेन र हैनान टापुमा विदेशी लगानीका अस्पताल खोल्न अनुमति दिने तयारी गरेको छ ।

यो कदमपछि भारतीय कर्पोरेट स्वास्थ्य क्षेत्र भने उत्साहित देखिएको छ । भारतका धेरै कर्पोरेट हाउसहरूले चीनमा लगानी गर्न चासो देखाएका छन् ।
चीनको वाणिज्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य आयोग र नेशनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेशनले संयुक्त दस्तावेजमा अस्पताल स्थापना गर्नका लागि आवश्यक शर्त, प्रक्रिया र आवश्यकता पछि घोषणा गरिने बताएका छन् ।

बेइजिङ, शाङ्हाई र ग्वाङ्डोङ र मुक्त व्यापार बन्दरगाह हैनानमा विदेशी उद्यमहरूले मानव स्टेम सेल, जीन निदान र उपचारसँग सम्बन्धित प्रविधिहरू विकास र लागू गर्न अनुमति प्राप्त गर्न सक्नेछन् । उद्यमहरूले चीनको कानूनी र नियमहरूको पालना गर्नु पर्नेछ र मानव आनुवंशिक स्रोत व्यवस्थापन, औषधि क्लिनिकल परीक्षण, औषधि दर्ता, उत्पादन र नैतिक समीक्षा सम्बन्धी आवश्यकताहरू पूरा गर्नुपर्नेछ । व्यवस्थापन प्रक्रियाहरू पनि पालना गर्नुपर्नेछ।

चीनले सन् २०१४ मा पनि यस्तै घोषणा गरेको थियो र केही भारतीय कर्पोरेट अस्पतालहरूले यसमा चासो देखाएका थिए । त्यसपछि, भारतका शीर्ष कर्पोरेट अस्पतालका स्वास्थ्य कर्पोरेटहाउसले चीन भ्रमण गरेर त्यहाँ सञ्जाल विस्तार गर्न चासो देखाए, तर त्यसपछि खास प्रगति हुन सकेन । भारतीय फर्मा क्षेत्रले हालैका वर्षहरूमा चिनियाँ स्वास्थ्य क्षेत्रमा प्रभाव पारेको भए पनि चीनले भारतीय औषधिहरूको पूर्णरूपमा आयातको अनुमति भने दिएको छैन ।

भारतीय क्यान्सर औषधिहरूको सस्तो मूल्यलाई ध्यानमा राख्दै, भारतले चीनलाई क्यान्सर उपचारका औषधिहरूको आयात अनुमति दिन दबाब दिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्