उत्तर–पश्चिमी चीनमा रोमान्चक ‘गहुँको ढुङ्गा पहाड’

<span class='c1'>उत्तर–पश्चिमी चीनमा रोमान्चक</span> <span class='c2'>‘गहुँको ढुङ्गा पहाड’</span>

एजेन्सी । विश्व सम्पदा सूचीमा सूचिकृत उतर–पश्चिमी चीनको कानसु प्रान्तीय थ्यानश्वी माइचिशान पहाडी गुफा निकै चर्चित मानिन्छ ।चिनियाँ राष्ट्रपति सी चिनफिङले उक्त गुफाको अवलोकन भ्रमण गर्दै त्यहाँ देखिएका मौलिक र ऐतिहासिक कलाकृत्तिका बारेमा प्रशंसा गरे ।माइचिशान गुफाको इतिहास १६ यसय वर्षभन्दा पूरानो छ । उक्त गुफा चीनका चार प्रसिद्ध गुफाहरूमध्येको एक र पूर्वीय कुँदाइ कलाको प्रदर्शन पनि मानिएको छ ।उक्त स्थानमा २२१ गुफा, १० हजार ६००भन्दा बढी मूर्ति र एक हजार वर्गमिटरभन्दा बढी भित्तेचित्र छन् । भ्रमणका क्रममा राष्ट्रपतिले परम्परागत संस्कृतिको संरक्षणको महत्त्वमा जोड दिंदै ऐतिहासिक स्थलको संरक्षण गर्न नवीन विधिहरू प्रयोग गर्न आग्रह गरे । उक्त उफा निकै विचित्रको मानिन्छ । गहुँको थुप्रो जस्तो देखिने पहाडमा खैरो रंगका चट्टानहरु देखिन्छन् । त्यसलाई चिनियाँ भाषामा ‘माइजिशान’नाम दिइएको छ, जसको अर्थ चिनियाँ भाषामा ‘गहुँको ढुङ्गा पहाड’ हो । जहाँ बर्षेनी हजारौं पर्यटकहरु पुग्ने गरेका छन् । -सीसीटीभी प्लस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्