विद्यालयस्तरीय पाचौं संस्करणको विराटनगर बास्केटबलको उपाधि विकेभीएम र अरनिको स्कुललाई

<span class='c1'>विद्यालयस्तरीय पाचौं संस्करणको विराटनगर बास्केटबलको</span> <span class='c2'>उपाधि विकेभीएम र अरनिको स्कुललाई</span>

विराटनगर । विद्यालयस्तरीय 'विराटनगर बास्केटबल कप' पाचौं संस्करणको उपाधि दुई विद्यालयले जितेका छन्।

एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा आइतबार भएको फाइनलमा पुरुषतर्फ विकेभीएम र महिलातर्फ अरनिको स्कुलले उपाधि जितेको हुन्।

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ ९ गतेदेखि ३० गतेसम्म संचालन भएको प्रतियोगिताको पुरुषतर्फको फाइनल खेलमा विकेभीएमले सगरमाथा स्कुललाई ५६-३५ अंकले पराजित गर्दै उपाधि जितेको छ। त्यसैगरी एभरेष्ट स्कुल तृतीय भएको छ।

त्यस्तै महिलातर्फ अरनिकोले विकेभीएम स्कुललाई २६-२४ अंकले पराजित गर्दै उपाधि जितेको छ। त्यसैगरी एभरेष्ट स्कुल तृतीय भएको छ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ विकेभीएमका आकाश यादव र महिलातर्फ अरनिको स्कुलकी नोभा ओझा घोषित भईन। भने उनीहरुले ट्रफी र दुई हजार ५ सय रुपैया नगद पुरस्कार पाए। सगरमाथाका नविन मेहेता र महिलातर्फ विकेभीएमकी गीता खड्का उदयमान खेलाडी घोषित भईन। उनीहरुले ट्रफी र जर्सी पुरस्कार पाए। त्यसैगरी डिफेन्सीप खेलाडी सगरमाथाका आलोक यादव र एभरेष्ट स्कुलकी आयुषा भेटवाल घोषित भईन। उनीहरुले ट्रफी पुरस्कार पाए।

प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाण पत्र नेपाल बास्केटबल संघको केन्द्रीय उपाध्यक्ष विनायक कान्त पन्त,मोरङ बास्केटबल संघका उपाध्यक्ष अनिल राई,तेज राज गिरी,नवनित प्रधान,सरोज बस्नेत,सागर ढुंगाना, अनुभव दाहाल लगायतले वितरण गरेका थिए।

कार्यक्रम संयोजक दिपेश कट्वालका अनुसार, यस वर्षको प्रतियोगितामा पुरुषतर्फ ६ वटा र महिलातर्फ ५ वटा टिम सहभागी रहेका छन्। यो संस्करणमा होम एण्ड अवे फर्म्याटको लिग प्रणालीमा रहेर प्रतियोगिता संचालन भएको थियो। जसमा प्रत्येक टिमले पहिलो चरणमै ६ खेल खेलेका छन्, ३ खेल आफ्नो होम कोर्टमा र ३ खेल प्रतिद्वन्द्वीको होम कोर्टमा खेलेका छन्। तर महिलातर्फ भने एउटा टिमले सबै टिमसग प्रतिस्पर्धा गरेका थिए। "यो फर्म्याटले खेलाडीहरूलाई विभिन्न वातावरणमा खेल्ने र आफ्नो कौशल विकास गर्ने अवसर प्रदान गर्ने छ," संयोजक कट्वालले भने।

उक्त प्रतियोगिताको पुरुषतर्फ दुई समुहमा विभाजन गरिएको थियो। जसमा समुह 'ए' मा अरनिको,विकेभिएम,सगरमाथा रहेका थिए। भने समुह 'बी' मा आदर्श,शिक्षादीप र एभरेष्ट रहेका थिए । त्यसैगरी महिलातर्फ विकेभिएम,अरनिको,सगरमाथा, हेरिटेज र एभरेष्ट स्कुलले सहभागीता जनाएका थिए।

विराटनगर बास्केटबल एकेडेमीले आफ्नो वार्षिक खेल कार्यक्रम अन्तर्गत असोज महिनामा कर्पोरेट ३/३ बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्