कहाँबाट भित्रन्छ धान–चामल, राइस मिल बन्द गर्दै विराटनगरका उद्योगी

<span class='c1'>कहाँबाट भित्रन्छ धान–चामल, राइस मिल</span> <span class='c2'>बन्द गर्दै विराटनगरका उद्योगी</span>

विराटनगर । धानमा भन्सार महशुल बृद्धि भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका दशवटा राइस मिलले उत्पादन घटाएको मौका पारेर सीमा क्षेत्रबाट व्यापक चोरीपैठारी मौलाएको छ । उद्योगीले ६० प्रतिशत उत्पादन कटौती गरेका छन् । तर, बजारमा चामल अभाव छैन । कतिपय अवस्थामा त, भारतबाट चोरी पैठारी भएको चामल नेपाली उद्योगका बोरामा पल्टी भएर समेत बजारमा पुग्ने गरेको छ ।

भारतले धान निर्यातमा २० प्रतिशत भन्सार महशुल तोकेको छ । नेपालमा धान आयात गर्दा ५ प्रतिशत भन्सार महशुल र २.५ प्रतिशत अग्रिम कृषि आयकर छ । बुझाएको आयकर फिर्ता हुँदैन । त्यो भएपछि उद्योगीले भारतबाट धान आयात गर्ने संभावना छैन । उत्पादन कटौती गरेर नेपालको धान पाक्ने बेलासम्म पर्ख र हेरको अवस्थामा छन् ।

दुई देशको भन्सार महशुलको प्रभावले नेपालका राइस मिलहरुले उत्पाादन गरेको चामलको मूल्य आकासिएसँगै खुल्ला सीमा नाकाबाट चोरी पैठारीमा बढोत्तरी भएको उद्योगीहरु गुनासो गर्छन् । उनीहरुले अवैध बाटोबाट अहिले चामल बढी आयात भईरहेको दावी गरेपनि कसले कहाँ ल्याउँछन् भन्ने कुरा यकिन गरेर भन्दैनन् ।
‘भन्सार महशुल बृद्धि भएपछि धान आयातको संभावना छैन, त्यसमा पनि अवैध चोरीपैठारीका कारण नेपालको चामलको बिक्री छैन’ श्रीराधाकृष्ण राइस मिलका सञ्चालक सुधिर अग्रवालले भने–एक क्विन्टल चामलमा ६०० रुपिँया फरक छ । खुल्ला सीमाबाट ठूलो परिमाणमा चामल भित्रिरहेको छ, यसलाई रोक्ने प्रयास छैन ।

खासमा उद्योगीहरुले ठूलो परिमाणमा चामल भित्रिरहेको बताएपनि कहाँबाट भित्रन्छ चाँहि भन्दैनन् । अहिले धान र चामल नै भारतबाट नेपाल भित्र्याउने धनपालथान–२ को अमाहिबरियातीस्थित खयरबोना नाकाबाट जयप्रकाश साहले बढी भित्र्याउने गरेका छन् । उनीसँगै महेश साहले तस्करीको चामल भित्र्याएर बजारको सेटिङ मिलाउने काम गर्दै आएका दावी गरिएको छ । खयरबोना नाकाबाट भित्रने चामल र धान उद्योगहरुमा समेत आउने गरेको बताइन्छ । त्यसपछि जहदा–१ भुटाहाको दुर्गामन्दिर र कुडरिया नाकाबाट धान र चामल रातभर भित्रने गरेको दावी गरिएको छ । चामल मात्रै नभई दाल, चिनी भित्र्याउने समूहले बजारका पसलहरुमा पु¥याउने गरेका छन् । त्यहाँ गोदामसम्म चामल ल्याएर अनि बिल काटेर बजारसम्म पठाउने गरिएको हो । यहाँबाट भित्रने चामल बजारसम्म आउँदा खासै चेकजाँच हुने गरेको छैन । किनकी सीमा पारीबाट भित्रिएको चामल वारी आएपछि नेपाली बिल काटेर पठाउने गरिएको छ । नोचाबाट श्रवण साहको समूहले खाद्यन्न तथा अन्य सामान भित्र्याउँदै आएको बताइन्छ ।

बिराटनगर आसपासका नाकाबाट सवनमसहितको समूहले सामान भित्र्याउने गरेको छ । जमसा अन्य केहि साझेदार समेत रहेका छन् । यहाँबाट भित्रने सामान विराटनगर ८ गुद्रीमा बिनोद केशरीसम्म आउने गरेको छ । त्यस बाहेक रानी भन्सार बाटै दैनिक चामल भित्रन्छ । यो चामल तथा अन्य वस्तु भित्रन्छ भन्ने कुरा स्थानीय प्रशासनलाई थाहा पनि छ । अनुगमन गर्दा देखिने भएपनि उपभोग्य प्रयोजन भनेर अनदेखा गरिएको छ । तर, यो बाहेक संस्थागत रुपमा हुने तस्करीलाई नियन्त्रणमा लिन नसक्दा सुनसरी–मोरङ औद्योगिक करिडोरमा दशवटा ठूला राइस मिल बन्द हुने अवस्थामा पुगेको बताउँछन् ।

श्याम कृषि एग्रो इण्डष्ट्रिजका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशीका कार्यकारीणी सदस्य श्रवण अग्रवालका अनुसार कसरी आउँछ, कसरी जान्छ भन्न नसकिने स्थिति भईरहेको छ । उद्योगीले मोरङ, सुनसरी र झापाबाट संस्थागत रुपमै अवैध चामल भित्रिरहेको रहेको दावी गरेका छन् । सीमापारबाट आउने चामलले नेपाली उत्पादनलाई विस्थापित मात्रै गरेको छैन, अब मिल नै बन्द हुने अवस्थामा पुगेको छ ।
जेगबनीमा किनमेल गर्न जानेहरु र झोलेपोके क्यारिङ्गको काम गर्नेहरुबाट मात्रै दैनिक पाँच हजार बोरा चामल विभिन्न माध्यमबाट भित्रने दावी गरिन्छ । साइकलदेखि मालवहाक ट्रकसम्म चालम भित्र्ने गरेपछि उद्योग बन्द हुनु स्वभाविक भएको श्याम एग्रोका सञ्चालक अग्रवाल बताउँछन् ।

ट्रकमा राती चामल भित्रन्छ, साइकलमा दिउँसै उनले भने साइकलमा दैनिक उपभोगको नाममा ल्याउने चामलमा समेत अहिले व्यापार भईरहेको छ । दिनभरमा २५ केजीका दश बोरा चामल सीमा कटाउँदा एकहजार २०० मुनाफा हुने भएपछि पेसा नै बनेको उनीहरुको भनाई छ ।
खुल्ला सीमानाकाबाट भित्रिरहेको चामल तथा अन्य खाद्य वस्तुले नेपालको बजार खिचिरहेको उद्योगीहरुको गुनासो बढ्दै जाँदा संस्थागत रुपमा हुने चोरी पैठारी कसले नियन्त्रण गर्ने ? भन्ने प्रश्न समेत सँगै जोडिने गरेको छ । संस्थागत रुपमा हुने चोरी पैठारी नियन्त्रणमा सुरक्षा संयन्त्रको कमजोरी देखिदै आएको आरोप उद्योगीको छ । यद्यपी भारतले भन्सार महशुल २० प्रतिशत तोकेपछि त्यहाँबाट आयात हुने धानबाट उत्पादित चामल त्यसैपनि महंगो पर्ने निश्चित छ । त्यसमा पनि चाडपर्वमा सीमापारीका बजारमा पुग्ने नेपाली उपभोक्ताको संख्या वर्षेनी बढ्दो छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआइजी) चन्द्रकुबेर खापुङले सीमा क्षेत्रमा सुरक्षा संयन्त्रले कडाई गर्ने गरेको भएपनि नेपाली उपभोक्तामा परम्परा जस्तै बनिसकेको भारतीय बजारको किनमेल नियन्त्रणमा समस्या रहेको छ । उनले सीमा क्षेत्रमा कडाई रहेको दावी गर्दै भने, भन्सार र सशस्त्रले यसमा ध्यान दिनुपर्दछ ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३ हेड क्वाटर कंकालिनी गण मोरङका प्रहरी उपरीक्षक विश्व खड्काले सीमा क्षेत्रमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गरेको अनुगमनमा समेत घरायसी प्रयोजनका लागि सामान खरिद गर्न आउनेको भीड देखिएको बताउँदै भने–घरायसी प्रयोजनका लागि धनकुटादेखि आएर सामान लान्छन् । टोपी लगाएको ७० वर्षका नागरिकले बोकेको चामल खोस्न पनि नसकिने, नखोसिपनि नहुने अवस्थामा छौं । उनले व्यवहारिक पक्ष बाहेक संस्थागत रुपमा भईरहेको तस्करी नियन्त्रणमा अहिले सीमा क्षेत्र कडाई गरिएको बताए ।
सीमामा अवैध चोरी पैठारीबा ब्राण्ड नेम धेरै छन् । अकबर अली, गुड्डु, धीरु, रेनु साह, मिथुन, विजय भगत, बब्लुदेखि नाजीर, सैयद आलम, असल अली, रंगेलीमा बौका चोप्रहामा बिल्ला साह, तुलसी पासवान, विराटनगर भन्सार क्षेत्रबाटै लालबच्चन यादव समेत त्यहि काममा सक्रिय रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्