कोशी ब्यारेजमा हलुका सवारी साधन सञ्चालनमा, पूर्ण यातायात खुल्ने तयारी

<span class='c1'>कोशी ब्यारेजमा हलुका सवारी साधन</span> <span class='c2'>सञ्चालनमा, पूर्ण यातायात खुल्ने तयारी</span>

विराटनगर । सप्तकोशीमा पानीको बहाव घट्न थालेपछि कोशी ब्यारेजमा हलुका सवारी साधनहरू सञ्चालनमा आएका छन्।

शनिबार दिउँसो ४ बजेदेखि बन्द गरिएको आवागमन आइतबार दिउसोदेखि साइकल, मोटरसाइकल लगायतका हलुका सवारी साधन तथा अत्यावश्यक सेवाका साधनहरूका लागि खुला गरिएको हो।

सप्तकोशी नदीको इतिहासमै दोस्राे पटक उच्च बहाव रेकर्ड गरिएको बताइएको छ। सप्तकोशीमा छ लाख ६१ हजार पाँच प्रति सेकेन्ड क्युसेक पानी बगेर ५६ वर्षपछि दोस्राे पटक उच्च रेकर्ड कायम गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । पानीको बहाव दिउँसोसम्म आइपुग्दा करिब आधाले घटेको छ। यसै कारण ब्यारेजको पुलबाट सम्पूर्ण सवारी आवागमन पूर्ण रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार आइतबार बिहान ७ बजे छ लाख ५५ हजार ३७० प्रति सेकेन्ड क्युसेक पानी बगेको थियो भने बिहान ९ बजे छ लाख २८ हजार १४५ प्रति सेकेन्ड क्युसेक पानी बगिरहेको छ। बिहान ११:३० बजेको मापन अनुसार सप्तकोशी नदिमा पानीको बहाव ५ लाख ८२ हजार क्युसेक पुगेको छ । यद्यपी ५६ वटै ढोकाहरु खुलेका छन् र अति जोखिमको अवस्था तथा HIGH RED ALERT भने कायम छ । सन् १९६८ सालमा कोशीमा सात लाख ८८ हजार दुई सय क्युसेक पानी बगेको थियो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार पानीको बहाव आधा घटेपछि केही समयमै कोशी ब्यारेजको पुलबाट सबै प्रकारका सवारी साधनको आवतजावत खोल्ने तयारी अघि बढाइएको छ।

यसअघि सप्तकोशीमा पानीको बहावले उच्च खतराको सबै सङ्केत पार गरेका कारण शनिबार दिउँसोदेखि यातायातका साधन सञ्चालनमा रोक लगाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्