एकसाता अघि हवाई टिकट बुकिङ गर्दा पनि पाएनन् सहुलियत, काठमाडौंदेखि विराटनगरसम्मकै दोब्बर भाडा

<span class='c1'>एकसाता अघि हवाई टिकट बुकिङ गर्दा पनि</span> <span class='c2'>पाएनन् सहुलियत, काठमाडौंदेखि विराटनगरसम्मकै दोब्बर भाडा</span>

चन्द्र पौडेल
विराटनगर । अविरल वर्षापछि आएको बाढीपहिरोले देशका अधिकांश सडक मार्गहरू अवरुद्ध भएका छन् । अहिले काठमाडौं उपत्यकामा आउजाउ गर्नका लागि हवाई यातायातको विकल्प छैन । तर, आन्तरिक उडान गर्ने विमान कम्पनीहरूले यही बेलामा भाडा बढाउन दोब्बर बनाएका छन्।

काठमाडौंबाट विराटनगर जान सामान्य अवस्थामा ५ हजार ५ सयमा टिकट पाइन्थ्यो तर अहिले टिकट एक साता अघि अग्रिम बुकिड गर्दा समेत अहिले त्यही टिकटको ९ हजार ९ सय रूपैयाँ तिर्नुपर्ने भएको छ । नेपालको आन्तरिक उडानमा सबैभन्दा महँगो हवाई भाडा काठमाडौं(धनगढीको हो । यो गन्तव्यको अरु बेला ७ हजार ९०० रूपैयाँसम्ममा टिकट पाइन्थ्यो । अहिले एयरलाइन्सहरूले यात्रुहरूबाट ११ हजार रूपैयाँसम्म ठटाउन थालेका छन् ।
अधिकांश कम्पनीहरूले भाडादर माथिल्लो सीमामा पुर्‍याएका छन् । यसलाई ती एयरलाइन्सहरूले पनि स्वीकार्छन् ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अहिले एयरलायन्सहरूले लोअर लिमिट (तल्लो सीमा) को टिकट बिक्री गरिसकेकाले माथिल्लो सीमा (अपर लिमिट) मा बिक्री भइरहेको बताए । काठमाडौंबाट विराटनगर जाने भाडा ९ हजार ९ सय माथिल्लो सीमा हो ।
बुद्ध एयरका बजार निर्देशक रुपेश जोशी सरकारले तोकेको भाडादरमै आफूहरूले यात्रु उडाइरहेको बताउँछन् । सामान्य अवस्थामा भन्दा अहिले भाडा दर महंगो भएको विषयमा उनले दशैँको बेला पहिले पनि यस्तै गर्ने गरेको तर्क गरे । ‘केही बढेको हो तर सरकारले दिएको माथिल्लो सीमाभन्दा माथि गएका छैनौं,’ जोशीले भने ।

यता यतिएयरलाइन्सका प्रवक्ता बर्तौला काठमाडौंबाट बाहिर जानेबेला भरिने जहाज फर्किने बेला खाली हुने भएकाले अधिकतम मूल्यमा रहेर टिकट बिक्री गर्न थालेको बताउँछन् । उनले भने, ‘जहाजको एउटा उडानमा २ लाख खर्च हुन्छ । आउँदा ५० हजार मात्र उठ्ने भएपछि जाने यात्रुहरूसँग आउने भाडा पनि जोडेर लिनु परिहाल्यो । तर, सरकारले तोकेको माथिल्लो सीमाभन्दा हामी माथि गएका भए कारवाही भोग्न तयार छौं ।’

चर्को मूल्यको चौतर्फी विरोध

हवाई टिकटको मूल्य रातारात बढाएपछि सर्वसाधारणले सामाजिक संजाल मार्फत त्यसको चर्को विरोध जनाएका थिए। यसलाई आम संचार माध्यमहरुले पनि कभरेज गरेका थिए। चौतर्फी विरोधको आवाज उठेपछि राज्य व्यवस्था तथा सुशासन समितिले भाडा दर नियन्त्रण गर्नलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो। त्यस लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमा स्टाटस लेख्दै सहुलियत दरमा टिकट उपलब्ध गराउन एयरलाइन्सहरूलाई अनुरोध गरेका थिए । तर यात्रुहरुले एक साता अघि टिकट नलाईन मार्फत बुकिड गर्दा समेत सहुलियत पाएनन् ।
यता संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले हवाई भाडा कम गरेको दाबी गरे पनि वास्तविकतामा हवाई भाडा कम नभएको पाइएको छ । मन्त्री पाण्डे अहिले अनलाइनमा टिकट नै उपलब्ध नभएको र उपलब्ध भएका टिकट पनि सामान्य समयको भन्दा करिब दोब्बर भाडा रहेकोप्रति बेखबर रहेको देखिन्छ ।

यो कठिन अवस्थालाई अवसर बनाएर येति, श्री एअर लगायतले हवाई भाडा बढाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्