दशैंमा पनि आर्या न्यूरोमा २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध,निःशुल्क न्यूरो ओपीडि

<span class='c1'>दशैंमा पनि आर्या न्यूरोमा २४ सै</span> <span class='c2'>घण्टा विशेषज्ञ सेवा उपलब्ध,निःशुल्क न्यूरो ओपीडि</span>

विराटनगर । विराटनगर-३ कन्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा वडा दशैंमा पनि २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध हुने भएको छ।

चाडपर्वमा अस्पतालहरुमा विशेषज्ञ चिकित्सक नहुँदा विरामीले हरौनी भोग्नु परेकोे अवस्थालाई मध्यनजर गर्दै आर्या न्यूरो हस्पिटलले २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध गराउने भएको हो ।

दशैं, तिहार, नेपाल सम्वत, छठलगायतका पर्वहरुमा पनि अस्पतालले विशेषज्ञ सेवाहरु उपलब्ध राख्ने अस्पतालका निर्देशक दिनेश ठाकुरले बताए । ‘आर्या न्यूरोले गुणस्तरीय तथा भरपर्दो सेवाहरु उपलब्ध गराउँदै आएको छ । दशैं, तिहार जस्तो पर्वहरुमा विशेषज्ञ चिकित्सक नहुने समस्या प्राय जसो हरेक चाडपर्वहरुमा हुने गर्छ । त्यही भएको कारणले हामीले चाडपर्वहरुमा पनि विरामीलाई भरपर्दो विशेषज्ञ सेवाहरु उपलब्ध गराउने उद्देश्यले सेवा सुचारु राख्ने भएका हौंं,’ निर्देशक ठाकुरले भने । न्यूरो सम्बन्धी उपचारमा अब्बल सावित भएको आर्यामा टाउको, मेरुदण्ड, हाडजोर्नी तथा नशा सम्बन्धी सम्पूणर् स्वास्थ्य उपचार सेवाहरु उपलब्ध रहेको छ । अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्धक निर्देशक डा. पंकजराज नेपालसहितको टिमले न्यूरो सम्बन्धी सम्पूणर् उपचार सेवाहरु प्रदान गर्दै आएका छन् ।

आर्यामा निःशुल्क न्यूरो ओपीडि
अस्पतालले चाडपर्वको अवसर पारेर छुट योजना पनि ल्याएको छ । निःशुल्क न्यूरो ओपीडि सेवाको साथै जाँचहरुमा पनि छुट ल्याएको छ । अस्पताल आएका ज्येष्ठ नागरिकहरुको लागि जाँचमा १५ प्रतिशत र अन्य विरामीहरुको लागि १० प्रतिशत छुट हुने भएको अस्पतालले जनाएको छ । ओपीडि निःशुल्क र जाँचहरुमा छुटले विरामीलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले यस्तो योजना लिएर आएको अस्पतालकी अध्यक्ष डा. अर्चना चौधरीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्