कोशी अस्पतालमा चाडपर्वको समयमा पनि निरन्तर आकस्मिक सेवा

<span class='c1'>कोशी अस्पतालमा चाडपर्वको समयमा</span> <span class='c2'>पनि निरन्तर आकस्मिक सेवा</span>

इन्दु साह
विराटनगर । कोशी अस्पताल प्रशासनले चाडपर्वको समयमा पनि आकस्मिक स्वास्थ्य सेवा निरन्तर रूपमा उपलब्ध गराउने छ । अस्पताल प्रशासनका अनुसार आकस्मिक विभागमा ३५ देखि ४० वेडको सेवा निरन्तर रूपमा सञ्चालन हुनेछ । अस्पतालले जुनसुकै समयमा आएका आकस्मिक बिरामीहरूलाई अन्य समयमा जस्तै सेवा प्रदान गर्ने बताएको हो।

चाडपर्व तथा सार्वजनिक बिदाको समयमा सेवा सुचारु राख्न छुट्टै व्यवस्थापन समिति गठन गरेर सेवा प्रदान गर्ने जनाएएको छ । अस्पताल प्रशासनले चाडपर्वको समयमा पनि स्वास्थ्य सेवामा कुनै अवरोध नहुने जानकारी दिदैं सर्वसाधारणलाई आश्वास्त पारेको हो ।

यो व्यवस्थाले विशेषगरी चाडपर्वको समयमा हुनसक्ने स्वास्थ्य समस्याको सामधान हुनेछ । अन्य समयमा कोशी अस्पतालमा विरामीको चाप अत्याधिक हुने गरेको छ । तर चाडपर्वमा भने केहि कम हुनेछन् । तर, चाडपर्वको समयमा पनि कुनै बिरामीले उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने लक्ष्य अस्पतालको रहेको जनाइएको छ।

चाडपर्वको समयमा सडक दुर्घटना, खाद्य विषाक्तता र अन्य आकस्मिक स्वास्थ्य समस्याहरू बढ्ने सम्भावना हुन्छ । त्यसैले अस्पतालले विशेष चाडपर्व लक्षित तयारी गरेको हो । साथै विराटनगरका विभिन्न निजी अस्पताहरुले समेत आकस्मिक तथा विशेषज्ञ सेवा सेवा प्रदान गर्नेछन् । नोवेल टिचिङ अस्पताल, विराट मेडिकल कलेज, आर्या न्यूरो, न्यूरो अस्पताल लगायतले चाडपर्वमा आकस्मिक सेवा निरन्तर दिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्