विराटनगरमा भित्रदैन पटका, पड्कन्छ कसरी ?

<span class='c1'>विराटनगरमा भित्रदैन पटका,</span> <span class='c2'>पड्कन्छ कसरी ?</span>

विराटनगर । नेपाल प्रहरीले दशैं, तिहार र छैठ पर्व लक्षित विशेष सुरक्षा सतर्कता योजना अनुसार सीमाबाट हुने अवैध चोरी निकासी र पैठारीसँगै बारुदजन्य वस्तुको ओसारपसार न्यूनीकरण कार्यक्रम सार्वजानिक गरेको छ । दशैं सकियो, तिहार र छैठ बाँकी छ ।
तिहार र छैठमा प्रहरीले खुल्ला सीमाबाट बारुदजन्य वस्तुको ओसारपसार नियन्त्रणमा विशेष चासो राख्दै आएको दावी गर्ने गर्दछ । त्यसमा पनि तिहार र छैठमा पड्काउने पटका भित्रन नदिन सीमा निगरानी बढाएको भनिन्छ ।

प्रहरीले प्रायः चाडपर्व अगाडी यस पटक पटका भित्रन नदिन सीमामा व्यापाक निगरानी गरेको बताउँछ, चाडपर्व भरी पटका पड्केको सुनेपछि फेरी भन्छ–‘खुल्ला सीमा छ, केहि गरेर रोक्न सकिने रहेनछ ।’ हुन चाँहि प्रहरीको दावी भन्दा पनि भनाई नै सहि पनि हो ।
खुल्ला सीमा छ, पटका मात्रै नभएर दैनिक मालवस्तु समेत अवैध रुपमा आउने गरेको छ । भन्सार राजस्वको तथ्यांकलाई नै अध्ययन गर्ने हो भनेपनि लक्ष्य अनुसारको असुली हुँदैन । बजारमा भारतीय खाद्यवस्तुको अभाव पनि हुँदैन ।

सीमा क्षेत्रबाट तिहार र छैठका लागि पड्काउने पटका यस अगाडी नै भित्रिसकेको प्रहरीकै कतिपय सदस्यहरु बताउँछन् । भन्सार क्षेत्रबाटै अन्य सामान ल्याउने व्यापारीले एउटै गाडीमा राखेर पटका ल्याउने गरेको उनीहरुको भनाई छ । अर्को बाटो भनेको विराटनगरमा अवैध रुपमा चोरी पैठारीको धन्दा चलाउनेहरुले पटका ल्याउँछन् । पटका धेरै जसोले भदौ अगाडी नै ल्याईसक्ने गरेका छन् । प्रहरीले दशैं तिहार र छैठ लक्षित गरेर भित्रिएको केहि पटका पक्राउ गरेर नष्ट गर्ने गरेपनि त्यो देखावटी बाहेक अन्य नहुने बुझाई छ ।

इलाका प्रहरी रानीको प्रहरी निरीक्षक प्रकाश थापाले अहिले पटका लिएर आउने पक्राउ परे मुद्दा चलाउन दावी गरे । उनले दशैं आसपासदेखि पटका नभिएको दावी गरे । त्योसँगै उनदे थपे–पटका अलिक पहिल्यै ल्याएर भण्डारण गर्ने गरेका रहेछन् । प्रहरीकै कतिपय सदस्यका अनुसार पटका त बैशाखमै भित्रन्छ ।
खुल्ला सीमानाकाबाट अवैध चोरी पैठारी गर्नेहरुले भित्र्याएको पटका विराटनगरमा बिक्री सुरु भईसकेको छ । प्रहरीले भित्रनै नदिएको भनिएको पटका पड्कन थालेसँगै कसरी ? भन्ने जिज्ञासा समेत उत्पन्न हुने गरेको छ ।

तिहार र छैठ लक्षित सुरक्षा व्यवस्था मिलाउन मोरङ प्रहरीले मातहतमा निर्देशन भएपनि पटका भित्र्याउनेले प्रहरीको निगरानीलाई सजिलै छल्ने गरेका छन् । तिहार र छैठमा बारुदजन्य पटका भित्रिन पुगे त्यसले सुरक्षा चुनौती थप्ने प्रहरीको बुझाई छ ।

विराटनगरमा दशैं भन्दा तिहार र छैठको भव्यता भिन्नै छ । तिहार र छैठ मनाउने संख्या धेरै हुन्छ । जसरी दशैं निश्चित समुदायमा भव्य हुन्छ तर तिहार र छैठ भने मनाउने समुदाय बढ्छ । जस्तै मारवाडी समुदायले तिहारलाई व्यापक मनाउँछन् । तराई मधेशमा समेत तिहार व्यापक हुन्छ । सीमा क्षेत्रमा प्रहरीको गस्ती टोलीले समेत सामान्य झोले व्यापारीमाथि नियमित चेकजाँच गर्दछ । तर, सेटिङमा कारोबार गर्ने कारोबारी र चिल्ला कारमा राखेर फर्कनेका लागि खासैं नियन्त्रण गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्