क्रिकेटर सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने तयारी

<span class='c1'>क्रिकेटर सन्दीप लामिछानेले पाए अमेरिकाको</span> <span class='c2'>भिसा, आजै बेलुका उड्ने तयारी</span>

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।

नेपालस्थित अमेरिकी दूतावासले लामिछानेलाई भिसा उपलब्ध गराएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । यसअघि दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकामा छ । यही अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म नेपाल, अमेरिका र स्कटल्याण्डबीच आईसीसी विश्वकप लिग २ प्रतियोगिता हुँदै छ । सन्दीप उक्त प्रतियोगिता खेल्न आजै बेलुका अमेरिका जाने क्यानले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्