लघुकथा : शोभा

<span class='c1'>लघुकथा :</span> <span class='c2'>शोभा</span>

-पुष्पा नेपाल सुबेदी "पुष्पाञ्जलि "

इटहरीको बसपार्कमा पूर्वर्जाने बस कुरिरहेको थिएँ। एकैछिनमा बस आइपुग्यो।चढेँ।बसको साइड ए को १र२नम्बर सिटको माथि महिला सिट लेखिएको थियो।त्यो सिटमा यस्तै २५/२६ वर्षजतिका दुई युवकहरू बसेर आ-आफ्नो मोबाईल सँग प्रेम गरिरहेका थिए।साइड बी को १,२ नम्बर सिटको माथि ज्येष्ठ नागरिक र३,४ सिटको माथि असक्त लेखिएको थियो।ती दुवै सिट खालि थिए। मलाई बस्न मन लागेन र त्यो भन्दा पछिल्तिरको सिटमा बसेँ।

एकैछिनमा बसमा यात्रुहरू भरिन थाले। ज्येष्ठ नागरिक र असक्त सिटमा दुईजोडी युवायुवतीहरू बिराजमान भए।म झ्यालपौ्टि बसेको थिएँ। एकैछिनमा एकजना अधवैशे भद्रपुरुष आएर भन्नुभयो "म्याडम म झ्यालपट्टी बस्न सक्छु?म चुपचाप छेउतिर सरेँ। बस आफ्नै गतिमा दौडिन थाल्यो।

बिचबिचमा यात्रुहरू ओराल्दै र चढाउँदै बस उर्लाबारी पुगेर रोकियो। केही यात्रुहर६ओर्लिए र केही चढे। चढ्नेसँगै एकजना ७५/७६ वर्षजतिको बुबापनि लठ्ठी टेक्दै चढ्नु भयो। सिटहरू भरिइसकेका थिएँ।मैले महिला सिटतिर हेरेँ।युवाहरू र मोबाइलको प्रेम यथावत थियो। ज्येष्ठ नागरिक र असक्त सिटमा भएका चखेवा जोडीहरू त्यो बसमा आफूबाहेक कोही नभएजस्तो गरी प्रेमपूर्ण वार्तालापमा मस्त थए। खलासीले बुढाबालाई ठेल्दै मेरो सिटसम्म ल्याइपुर्यायो र भन्यो। एकैछिन उभिनुहोस् ल बा ,दमक पुग्दा सबै सिट खालि हुन्छन्। मलाई असजिलो लाग्यो र सँगै बस्ने महापुरुषतिर हेरेँ। हाम्रो आँखा जुध्ने बित्तिकै वहाँ झ्यालतिर पो हेर्न थाल्नुभयो।म जुरुक्क उठेर यहाँ बस्नुहोस् ल बुबा भन्नमात्र भ्याएको थिएँ। बसले घ्याच्च ब्रेक लगायो।बुढाबा हुत्तिएर मनिरै आइपुग्नु भयो।धन्न समाउन भ्याइहालेँ। भगवानलाई धन्यवाद दिँदै वहाँलाई मेरो सिटमा बसाएँ। र त्यही उभिएर मैले करिब ३० कि.मी. यात्रा पुरा गर्नै लागेको थिएँ।

लगभग अब १ कि.मी.जतिमा मैले झर्नुपर्थ्यो । त्यतिबेला अघि मसँग झ्यालपट्टिको सिट माग्ने महापुरुष जुरुक्क उठ्दै भन्नुभयो। मेरो त झर्नेबेला पनि हुनै लाग्यो। हजुर बस्नुहोस् म्याडम,म बसेर हजुर उभिँदा त पटक्कै शोभा दिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्