नोवेल अस्पतालको उपचारमा हेलचेक्रयाँई वढदै विराटनगर, २१ कात्तिक । भौतिक निर्माणकार्य पूर्ण सम्पन्न नगरी व्यापक प्रचार प्रसार गराई सस्तो र गुणस्तरीय उपचार दिने दावी गर्दै संचालनमा आएको विराटनगर ५ कञ्चनवारीस्थित नोबेल अस्पतालमा उपचारमा हदैसम्मको हेलचेक्र्याई हुने गरेको पाइएको छ ।
अन्य अस्पतालमा भन्दा सस्तो र गुणस्तरीय सेवा दिने दावी गरेको नोबेल अस्पतालमा विरामी खचाखच भरीन थालेपछि उपचारमा हेलचेक्र्याई गरी स्वास्थ्यमाथि खेलबाड गरेको घटनाहरु सार्वजनिक हुन थालेका छन ।
तीन महिनाअघि मोरङ सिजुवाका एक बालकको घुँडाको अप्रेसन गर्दा चिकित्सकको हेलचेक्र्याईले मृत्यु भएको घटना सेलाउन नपाउँदै सप्तरी धरमपुरकी एक महिलाको खुट्टाको सल्यकृया गर्दा गर्दै यहि कार्तिकको तेस्रोसाताको सुरुमा मृत्यु भएको छ ।
त्यस्तै विराटनगर ५ कञ्चनबारीबाट सुत्केरी गराउन आएकी एक महिलालाई चिकित्सकहरुले नै दुब्र्यवहार गरेको भन्दै उनका श्रीमान मिथिलेस शर्माले प्रतिवाद गर्दा विरामी र आफुहरुलाई अस्पतालका कर्मचारी र चिकित्सकहरुले
अपराधिको व्यवहार गरेको बताए । उनले छठको दिन चिकित्सककै सल्लाहमा श्रीमतीला्ई अस्पतालामा भर्ना गराएका थिए ।
स्रोतका अनुसार अस्पतालको ल्याबमा समेत हेलचेक्र्याई हुनेगरको छ । केही महिना अघि एक युवकको ल्याव रिपोर्ट दुई वर्षको बच्चालाई दिइएको थियो। ल्याबमा वास्तविक रिपोर्ट लुकाउने गरेको पनि खुलेको छ । मनिष दास
नामका भारतीय नागरिकले सञ्चालन गरेको ल्याबमा बारम्बार गल्तीहरु दोहोरिने गरेका छन् । अस्पतालमा विषेशज्ञ चिकित्सक नभएका बेलामा पनि सिटीस्क्यान जस्ता गम्भिर परीक्षणहरु गरिने गरिएको छ । परीक्षणको वास्तविक रिपोर्ट थाहा नपाउँदा विरामीहरु अर्को अस्पतालमा गएर दोब्बर खर्च गर्न बाध्यहुनेगरेका छन्।
यसैगरि अस्पतालमा चिकित्सक र कर्मचारीहरुले विरामीलाई अपराधी सरह व्यवहार गर्दै हप्काउने, होच्याउने गरेको गुनासो व्यापक रुपमा आउने गरेको छ । भौतिक निर्माण पूर्ण रुपमा सम्पन्न नभई सञ्चालनमा ल्याएकोले अस्पतालमा शौचालय जाँदा आउँदा विरामीहरुले निकै कष्ट व्यहोर्नु परेको छ । अन्तरंग विभागको मेडिकल वार्डको शौचालय भरिएर दुर्घन्धित हुँदासम्म अस्पतालले सफा नगरेको विरामीहरुको गुनासो छ । अप्ठ्यारो स्थानमा रहेको शौचालय जानु पर्दा विरामीहरु लडेर ठोक्कीएर घाइते समेत हुने गरेका छन् । यतिमात्र हैन, एकजना दमको उपचार गर्न आएका विरामीको उपचारपछि डिस्चार्ज भएर घर जान लाग्दा शौचालयमा लडेर मृत्यु भएको थियो । ‘यहाँ त उपचार गराउन आउँदा उल्टै ज्यान जाला भन्ने पीर रहेछ’– उदयपुरबाट बुबाको उपचार गराउन आएकी अप्सरा
धिमालले भनिन् । एक हप्तादेखि बुबाको उपचार गराउन अस्पतालमै बसेकी धिमालले अस्पतालको हेलचेक्र्याईका बारेमा विरामी र कुरुवाले गुनासो गरेपनि सुनुवाई नभएको बताइन् ।
दुई महिना अघि नसाको उपचार गराउन आएका विराटनगर ५ का हिराप्रसाद खतिवडालाई दुई पटक एक्सरे जाँच गराउन भनियो । तर रोग पत्ता लागेन त्यसपछि पीडाले रन्थनिएका खतिवडाले कोसी अञ्चल अस्पतालमा जाँच गराउँदा नसामा गाँठो परेको पत्ता लाग्यो । ‘यो उपचारमा हेलचेक्र्याई नभए के हो त खतिवडाले भने । दक्षिण ए्सियाकै नम्वर एक सस्तो र भरपर्दो उपचार गराउने भनि व्यापक प्रचारप्रसार गरिएको नोवेल मेडिकल अस्प्तालमा एउटा विरामी कुरुवाघर समेत छैन् । विरामीका आफन्तहरु रातभर टहलिएर रातदिन विताउन । अस्पतालमा प्राय
सस्ता र नयाँ स्वास्थ्य सहायक्हरु छन । जसले विरामीको स्वास्थ्य उपचारको सहि सुचना समेत उपलव्ध गराउँदैनन । अस्पतालको औषधि पसल र ल्यावको दर अन्तभन्दा सस्तो भनेर प्रचार गरिएपनि विरामी आउन थालेपछि एकाएक मुल्य वढाईएको छ । अस्पताललेवेड चार्ज निशुल्क भनेर भन्नेगरेको भएपनि हाल शुल्क लिनेगरिएको उपचार गराएर फर्केका विरामीहरुको गुनासो छ ।
अस्पतालको क्षमताभन्दा वढि विरामीहरु विभिन्न आर्कषक योजना दिएर ल्याउनेगरिएको छ । अस्पतालसम्म विरामी ल्याउनकालागि पत्रकार , नागरिक समाज ,शिक्षक , मजदुर र राजनैनिक दलका नेताहरुलाई व्यापाकरुपमा प्रयोग गरिएको छ । उपचारमा सहुलियत कार्डदिँदै प्हाडी र तराईका ग्रामीण क्षेत्रमा व्यापक रुपमा शिविर संचालन गरिनेगरिएको छ भने विभिन्न कार्यक्रममा गएर सहुलियत कार्ड वाँडनेगरिएको छ । तर कार्डलिएर आउँदा भनेजस्तो सहुलियत दिनेनगरेको गुनासो पनि वारम्वार विरामीहरुले गर्दै आएका छन । झापाको दमकवाट उपचार गराउन आएका एक शिक्षकले भने , सहुलियत माग्दा स्किम नै सकियो भनियो ।
,,
नोवेल अस्पतालको भवन भव्य छ । अन्य अस्पतालहरुभन्दा सस्तो पनि मानिदै आएको छ । तर धेरै विरामीहरुलाई लोम्याएर उपचार गराउने वहानामा अस्पतालमा उपचारमा पनि लार्पावाही वढदै गएकोले सर्वसाधारणहरुमा निरासापनि वढदै गएको छ । एकहप्ताअघि आन्द्रामा घाउभएर उपचार गराउन आफन्त लिएर आएका मोरङ पथरीका अशोक संकरले अस्पतालको उपचारमा लार्पवाहि देखेर आफुले अर्को अस्पतालमा लगेर उपचार गराएको वताए ।
अस्पतालका जनसम्पर्क अधिकृत नारायण दहालले भने आफुहरुले उपचारमा कुनै हेलचेक्रयाँई गर्ने नगरेको तर धेरै विरामी आउँदा केहीलाई हतारोले गर्दा वेवास्ता भएको हुनसक्ने वताए । उनले अस्पताल निर्माणाधिन अवस्थामा रहेकोले केही भौतिक समस्याहरु देखिनुस्वभाविक भएकोले त्यस्लाई समाधान गर्दैलाने वताए ।