-अरुण खड्का
छ मान्छे पुरानो पुरानै जमाना,
सधैँ रूपको नै छ मान्छे दिवाना।
तिमी हात दिन्थ्यौ म छुन्थेँ सगर त्यो,
भए आज ती पल कथाझैँ पुराना।
नमाने नमानुन् कसैले मलाई,
सधैँ बोल्छु साँचो गरिन्नन् बहाना।
भएको छु दुःखी सधैँ हार खाँदा,
उता जीतमा भा"छ गाना बजाना।
तिमी प्यार मेरो तिमी नै जवानी,
भनी मन भुलाई दियो अश्रु दाना।