विराटनगरमा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न, सडक सभ्यता अभिवृद्धिमा जोड

<span class='c1'>विराटनगरमा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न,</span> <span class='c2'>सडक सभ्यता अभिवृद्धिमा जोड</span>

विराटनगर। विराटनगरमा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सभ्यता अभिवृद्धिको लागि ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

आइतबार विराटनगर १८ स्थित आइसीपी एकीकृत जाँच चौकीमा सवारी चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल र भारतका गरी ५५ जना भन्सार एजेन्ट र सवारी चालकहरुको सहभागिता रहेको थियो।

भन्सार एजेन्ट संघका प्रतिनिधि तथा नेपाली र भारतीय ट्रक चालकहरुलाई ट्राफिक नियमको पालना र सडक लेनको कसरी प्रयोग गर्ने बारेमा सचेतना तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालले बताए।

उक्त कार्यक्रममा सडक रेखाको महत्व, लेन अनुशासनको पालना, सवारी चलाउँदा कायम गर्नुपर्ने दुरी, सवारी साधनलाई प्राथमिकता दिनुपर्ने अवस्था, ओभरटेक गर्दा ध्यान दिनुपर्ने लगायतका विषयमा विस्तृत छलफल भएको थियो। विशेषगरी रातिको समयमा सवारी चलाउँदा अपनाउनुपर्ने सावधानीका बारेमा समेत जानकारी गराइएको थियो।

कार्यक्रममा भन्सार एजेन्ट र सवारी चालकहरुले ट्राफिक प्रहरीले आफूहरुलाई स–साना कुराहरुमा दुस्ख दिने गरेको गुनासो राख्दै त्यस्ता समस्याको समाधान गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजन लम्साललाई आग्रह गरे।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजन लम्साल, विराटनगर भन्सार एजेन्टका अध्यक्ष देवकीनन्दन शर्मा, ट्रान्सनेपालका प्रबन्धक लक्ष्मी सुब्बा, भन्सार एजेन्ट संघका कृष्ण पोखरेल, भन्सार एजेन्टका प्रतिनिधि विभू प्रसाद आचार्य, उद्योग प्रतिनिधि रामेश्वर सुवेदी, सुभाष प्रसाद श्रेष्ठ, सवारी चालक लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी भन्सार एजेन्ट र सवारी चालकहरुले ट्राफिक नियमको पालन गर्न र कुनै पनि ट्राफिक प्रहरीले बिना कारण दुःख दिए जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सम्पर्क नम्बरमा फोन गर्न ट्राफिक प्रमुख लम्सालले आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्