काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ६५ हजार रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक हजार नौ सय ५५ रुपैयाँ निर्धारण भएको छ ।