विराटनगरमा खास जोखिम छैन डेंगु

<span class='c1'>विराटनगरमा खास जोखिम</span> <span class='c2'>छैन डेंगु</span>

इशु पन्त
विराटनगर । कार्तिक लागेसँगै अब विराटनगर महानगरपालिकामा डेंगु संक्रमणको जोखिम न्यून हुँदै गएको छ । साउनयता चार महिनाको अवधीमा १८६ जनामा संक्रमण पुष्टि भएपछि अब यसको जोखिम याम समेत क्रमशः सकिदै गएको हो ।

देशका विभिन्न जिल्लामा डेंगुको संक्रमण जोखिमउन्मुख बनेको थियो । एडिस एजीप्टाई नामको पोथी लामखुट्टले टोकेमा संक्रमित हुने गर्दछ। वर्षात्मा जमेको पानीमा लामखुट्टेले अण्डा पार्ने र यसबाट लार्भा विकास हुँदै पुनः लामखुट्टे बन्ने प्रक्रिया हुन्छ । पानीमा हुर्केर यसले डेंगु संक्रमण भएका कुनै व्यक्तिलाई टोकेपछि अन्य व्यक्तिसम्म संक्रमण लैजाने जोखिम हुने गरेको छ ।

विराटनगरमा आर्थिक वर्ष २०८१÷०८२ मा २७५ जनामा डेंग संक्रमण भएको तथ्यांक छ । तर, महानगरवासी चाँहि १८६ जना मात्रै छन् । बाँकी बाहिरका विरामी यहाँ आएर परीक्षणपछि पुष्टि भएको तथ्यांक महाशाखा प्रमुख एवं अधिकृत दीपक भट्टराई बताउछन्। विराटनगरमा संक्रमण देखिएकामध्ये समेत अधिकांश रिकभर भईसकेको बताइन्छ । अब कार्तिकपछि स्थिर पानी जमेको स्रोत स्वतः सुक्ने भएकोले यसको जोखिम कम हुँदै जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्