-चूडामणि नेपाल ‘अकिञ्चन’
‘फेरि को लिएर आइस् आज ? दिनहुँ यस्तै हो भने म एक्लै बस्छु । भोलि नै डेरा सर्छु ।’ नाम परिवर्तित सिम्रिका बोलि । ‘तिमीले अघिल्लो हप्ता दसदिनसम्म कोठामै राख्दा मैले केही भनेँ ? कति चेपारे पाथ्र्यौ ? मेलो लाजा, मेलो बेबी । तिम्लो बेबीले मलाई पनि कति पटक .....प्रयास.... भो विश्वास र्गिर्दनौ तिमी । आजको त मेरै गाउँको हो क्या नकराउ न सुन्छ । तिम्रो बाजे माल कार्यालयको हाकिम हो । मम, पिज्जा, अरु धेरै खाना लिएर आएको छ । आज खाना बनाउनु पर्दैन । अनि हाम्रो तीन महिनाको खर्च टर्छ ।’ नाम परिवर्तित हिमानीले जबाफ फर्काइ ।
‘मैले तिमीलाई भने नि, उसको बारेमा कुरा नगर, ऊ मेरो केटा साथी हो । मेरो र उसको परिवारका सबैलाई थाहा छ । पढाइ सकिनासाथ हामी बिवाह गर्दै छौँ ।’ सिम्रिकाले जबाफ दिई ।‘हेर हिमी ! दिनहुँ यस्तो केटा फेर्ने काम नगर । हामीले मनपेट नदिने र नचाहने हो भने लोग्नेमान्छेले मात्र केही गर्न सक्दैनन् । जबरजस्ती गर्ने त कुरै नगर । सक्दैनन् उनीहरु । फकाउलान, प्रयोग गर्लान्, बहकाउलान त्यो भाले जातिको जन्मजात कला पनि हो । जनावर पशुपन्छी र मान्छेमा पनि भाले जातिनै अग्रसर हुन्छ यो कुरा तिमीले बुझिनौ । ग¥छर्याै नै भने एकजनालाई प्राण दिएर माया गर ।’ मेरो भन्नु त्यत्ति हो ।
‘ए हिमी कहाँ गयौ ? तयारी खाना सेलाई सक्यो लगेर भाग लागाउ । नौ बजिसक्यो मलाई घरजान ढिलो हुन्छ ।’ थोरै डराउँदै हाकिम बोल्यो । ‘ठीक छ दिदी तपाईंको कुराले मेरो आँखा खुल्यो । म गलत बाटोमा रहेछु । आइन्दा यस्तो .....’ भन्दै थिई ढक्ढक् ढोकामा आवाज आयो ।
‘ल आज अन्तिम रात हो । भाडा मिलाएर भोलि दश बजेसम्म कोठा सर्नु ।’ घरपटी सरासर माथि चढ्यो ।
विराटनगर-१