मलेसियामा एक नेपालीको रहस्यमय मृत्यु

<span class='c1'>मलेसियामा एक नेपालीको</span> <span class='c2'>रहस्यमय मृत्यु</span>

कञ्चनपुर—वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको देखतभूली–७ बिचपट्टिका पैलाद रानाको रहस्यमय मृत्यु भएको छ।

मलेसियाको केलमा रहेको बासै होटेलको शौचालयमा राना मृत अवस्थामा फेला परेका हुन्। काम गर्दै आएको कम्पनीबाट घुम्नका लागि बाहिर गएका बेला उनी मृत फेला परेको सोही ठाउँमा काम गर्दै आएका व्यक्तिले मृतकका परिवारलाई खबर गरेका हुन्।

मृतकका बुबा लालबहादुर रानाले छोराको हत्या भएको बताए। विभिन्न सङ्घसंस्था र मलेसियामा कार्यरत नेपालीको सहयोगमा शव ल्याउन प्रक्रिया चलिरहेको उनले बताए।

एक साताअघि मृत अवस्थामा रानाको शव फेला परेको थियो। मृतकका एक छोरा, एक छोरी, श्रीमती र आमाबुबा रहेका छन्। घरको अवस्था निकै दयनीय रहेका राना कर्जा लिएर रोजगारीका लागि मलेसिया गएका थिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्