लघुकथा : आपविती

<span class='c1'>लघुकथा :</span> <span class='c2'>आपविती</span>

-सुरेशकुमार पाण्डे
"सर !यता आएको वेला हाम्रै घरमा बसौं है !"- तिर्थराजले फोनामा भनेको कुरा सम्झिएँ।बसबाट ओर्ले पछि तिर्थराजका घर तिर जानथालें।
" किन आर्कालाई दुःखदिने काम सिद्धेपछि गएर भेटहुनुपर्ला"- फेरी आर्को मनले सोंचे र पुन आफ्नो कामतिर लागे।

म जहाँबाट अबकास प्राप्त गरेंको थिएं त्यही आफिसमा लाइफ सार्टीपिकट दिनुपर्छ वर्षमा एकचोटी।अनि त्यही डिपार्टमैन्टको गेष्टहाउसमा बसने रूम मिलिहाल्छ सामन्य खर्चमा।त्यसैले आर्कालाई किन कष्ट दिने।बजारमा मानिसलाई खानको भन्दा बस्न असजिलो हुन्छ।
मैले छिट्छिटो काम सकें आज काम नसके भोली देखी दुइदिन आफिसको बिदा परेकोछ।म जसरीतसरी काम सिध्दाउँन थाल्दा झमक्क साँझ पर्यो।अब बासको व्यवस्था मिलाउँनै पर्यो।

डिपाट्मैनको गेष्टहाउस तिर लागें। त्यहाँ पुरानो साथि हुनुहुन्थ्यो। नमस्कार आदान प्रदान गरियो।हालचाल सोधपुछ भयो चिया पिलाउँनुभयो।"अब आज देखी दुइदिनलाई रूमको व्यवस्था मिलाउँनुस् है सर !"-मैले उँहालाई भने। " रूमको लागि त हजुरले इञ्चार्जलाई भन्नु मेरो हातमा छैन।"-उहाँले फोन मिलाएर दिनुभयो। " हेलो सर ! मलाई दुई दिनको लागि रूम दिनु है।"-मैले अनुरोध गरें। "रूम खालि छैन।रूमको लागि त पहिलैई भन्नु पर्दथ्यो।"-उताबाट रूखो आवाज आयो। म झसङ्ग भए! मेरो बढी आत्मबिस्वासले मलाई सङ्कटमा पार्यो।" उफ अब कताजाऊँ रातीमा ? मेरो फोन स्यूचआफ भएको थियो।"-मनमनै सोंचे ।" लिनुहोस् कुरा गर्नुहोस्।"-उँहाले आर्को नम्वर मिलाई दिनुभयो।" " हेलो यार मलाई रूम चाहिएको थियो।तर इञ्चार्जले नौ बजेपछि बताउँछु भन्यो ।म कता जाउँ ?"- मैले युनियनको प्रधानलाई भने।ऊ मेरो घनिष्ट मित्र थियो।

" हस् म कुरा गर्छु।"-उसले सटिकमा भन्यो। एकैछिनमा फोनको घन्टी कर्मचारी साथिको फोन बज्यो।फोन इन्चार्जको थियो। " हेलो ! यसलाई रूम न.दुइ देल ।"-उताबाट त्यती भन्यो र फोन काट्यो।

घोराही-१८,दाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्