विराटनगरमा छैनन् पिकनिक स्पट

<span class='c1'>विराटनगरमा छैनन्</span> <span class='c2'>पिकनिक स्पट</span>

इन्दु साह
विराटनगर । जाडोको मौसम सुरु भएसँगै विराटनगरका नागरिकहरू पिकनिक मनाउन शहर बाहिरका स्थानहरू छनोट गर्न बाध्य हुन्छन् ।

विराटनगर महानगरपालिका क्षेत्रमा आकर्षक र व्यवस्थित पिकनिक स्थलको अभाव रहेको छ । विद्यालय, संस्था र परिवारहरूले अधिकतर सुनसरीको शान्तिवन, बर्जु ताल, तालतलैया, मोरङको बेलाबारीको रमिते डाँडा र बेतना सिमसार, लेटाङ, उर्लाबारीको बेतनी जस्ता स्थानहरूमा पिकनिक खान जाने गरेका छन् ।

स्थानीय नागरिकहरू यदि शहर भित्र वनभोजको लागि जानुपरे एक आकर्षक र प्राकृतिक वातावरणयुक्त पिकनिक स्थल छैन । वर्षभरि कार्यरत कर्मचारीहरू र विद्यार्थीहरूले मनोरञ्जनका लागि शहर बाहिर जानुपर्ने बाध्यता विराटनगरमा रहेको हो । विराटनगर महानगरपालिकाका कर्मचारीलाई पिकनिक स्पट कहाँ कहाँ छन् भनि प्रश्न गर्दा उनीहरुसंग यकिन तथ्याङक समेत छैन ।

विराटनगर कोशी प्रदेशको राजधानी भएकोले पनि महानगरपालिकाले आधुनिक र आकर्षक पिकनिक स्थलहरु निर्माण गर्नुे पर्यटन व्यवसायीहरुको सुझाव छ । जसले बाहिरका मान्छेहरुलाई विराटनगर घुम्न र पिकनिक खान आउने वातावरण सिर्जना गरोस् । विराटनगरका विभिन्न स्थलमा केहि पार्कहरु निर्माण कार्य भईरहेका छन् । निर्माण सम्पन्न भएपश्चात ति स्थलहरुलाई पनि वनभोजका लागि प्रयोग गर्न मिल्ने संभावना भने रहेको छ ।

विराटनगर २ र ७ को सिमानामा रहेको निर्माणाधीन प्रधानमन्त्री पार्क, विराटनगर १४ मा रहेको रानीपोखरी तथा मन्ठापोखरी ग्रिन पार्क पनि निर्माणाधिन चरणमा रहेका छन् । विराटनगर १८ को विराट राजा दरबार क्षेत्रमा भने अहिले पिकनिकका लागि एउटा राम्रो संभावना रहेको छ । विराटनगर आसपासमा भएका केहि स्थानमा अलिअलि पिननिकको जमघट हुने गरेपनि भने जस्तो ठाउँ छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्