विराटनगर । कोशी प्रदेश सरकारले कोशी पर्यटन वर्ष, २०८२ सञ्चालन तथा व्यवस्थापन मूल आयोजक समितिको सहसंयोजकमा दुईजना पर्यटन व्यवसायीलाई नियुक्त गरेको छ ।
विराटनगरका पर्यटन व्यवसायी भवेशकुमार श्रेष्ठ र इलामका कृष्णकुमार साहलाई सहसंयोजकमा नियुक्त गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समितिको सहसंयोजकमा दुईजना व्यवसायीलाई नियुक्त गरेको हो । कोशी पर्यटन वर्ष २०८२ सञ्चालन तथा व्यवस्थापन कार्यविधी २०८१ को दफा ४ को उपदफा (२) बमोजिम पर्यटन व्यवसायीहरुलाई नियुक्त गरेको जानकारी दिइएको छ ।