ग्रामथान उपनिर्वाचन : १२ बजेसम्म ९६८० मत खस्यो

<span class='c1'>ग्रामथान उपनिर्वाचन : १२</span> <span class='c2'>बजेसम्म ९६८० मत खस्यो</span>

विराटनगर । माेरङकाे ग्रामथान गाउँपालिकाकाे अध्यक्ष पदकाे उपनिर्वाचनमा ९ हजार सात सय ८० मत खसेकाे छ ।

आज (आइतबार) अपराह्न १२:०० बजेसम्ममा नौ हजार ७ सय ८० मत अर्थात करिब ३७.५५ प्रतिशत मत खसेकाे सहायक निर्वाचन अधिकृत रामराज पाैडेलले जानकारी दिए ।

बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । त्यहाँ अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनावी दौडमा छन् । सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी छ । ग्रामथानमा १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ । ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता रहेका छन् ।

२०७९ सालको निर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा विजयी नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असारमा निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्