विराटनगर । विराटनगर ११ नम्बर वडा कार्यालय अगाडीको सडक पिच गराउनुपर्ने माग राख्दै स्थानीयले आन्दोलन सुरू गरेका छन् । उनीहरुले आइतबार बिहानदेखि सडक बन्द गरेर आन्दोलन सुरू गरेका हुन् ।
विराटनगर ११ नम्बर वडा कार्यालय उत्तरदेखि करिब पाँच सय मिटर दक्षिणसम्म ठेक्का लागेर म्याद सकिएको पाँच महिना भन्दा बढी हुँदा पनि सडक कालोपत्रे भएको छैन । विराटनगर २ निवासी सरोज फुयालले उक्त रोडको ठेक्का लिएका छन् । उनले श्री विराट कालिका कन्ट्रक्सनले विराटनगर महानगरपालिकासँग २०८० मंसिर २० गते ठेक्का स्वीकृत गरेको थियो । ठेक्का स्वीकृत गरेको पाँच महिना भित्रमा निमार्ण पूरा गर्ने सम्झौता गरेर ३२ लाख ११ हजार १६८ रुपैयाँमा ठेक्का लिएको थियो । सो कम्पनीले कार्य देश पाएको मितिबाट २०८१ साल साउन १५ गतेभित्रमा पिच निमार्ण गरिसक्नुपर्ने थियो । तर, ठेकेदार कम्पनीको ढिलासुस्तीको कारणले सम्झौता अवधि सकिएको चार महिना बितिसक्दा पनि निर्माण भएको छैन ।
वडा कार्यालयले उक्त निर्माण कम्पनीलाई २०८१ असार २० गते चार महिनाको भाका राखेर कार्तिक मसान्तसम्मको लागि पहिलो पटक म्याद थप गरियो । पहिलो पटक म्याद थप गरेको समयसीमा सकिदा पनि निमार्ण कार्य पूरा नभएपछि यहाँका स्थानीय आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । उनीहरुले सडक अबरुद्ध गरेर वडा कार्यालय समेत घेराउ गरेका छन् । लामो समयदेखी धुलो खान बाध्य भएपछि सडक पिच नहुन्जेल सम्मका लागि बास तेर्साएर आन्दोलन गरेका छन् । सडकमा बाटो आउजाउ नै अवरोध गरेर केही वडा कार्यालय मुख्य प्रवेशद्धारामा ताला बन्दी गरेका थिए ।
ताला बन्दी पछी केही बेर सेवाग्राहीलाई काम समेत अवरोध भएको थियो । ताला बन्दी गरेको आदा घन्टापछि विराटनगर महानगरपालिका प्रहरी निरीक्षक र वडा प्रहरी कार्यालयका डिएसपी बुद्ध श्रेष्ठको नेतृत्वमा आएको टोलीले ताला खुलाएका थिए ।
पटक पटक जनप्रतिनधी र निमार्ण कम्पनीलाई भन्दा पनि कुनै सुनवाइ नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीयवासीको गुनासो छ ।
धुलाम्मे सडकले गर्दा धेरै मानिस विरामी भएका छन् । स्थानीयवासीले वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेलाई घेराउ गरी ठेकेदारलाई तत्काल बोलाएर काम अगाडी बढाउनको लागि दबाव दिईरहेका थिए ।
केहीबेरको प्रदर्शनपछि वडाध्यक्ष तिथेन्द्र न्यौपानेको रोहबरमा, ठेकेदार सरोज फुयाल, स्थानियवासी , जनप्रतिनिधी तथा प्रहरीको उपस्थितीमा छलफल भएको थियो । लामो छलफलपछि स्थानीयवासीले मंसिरको अन्तिम तिर सक्न ठेकेदारलाई दवाव दिएका थिए भने ठेकेदारले भने पुषको पहिलो हप्तामा सक्ने भन्ने आश्वसन दिएका छन् । हुनत वडा कार्यालय पनि पटक पटक चाडो बनाउनको लागि ठेकेदार कम्पनीलाई भन्दै आएको थियो । तर ठेकेदारले पनि वास्तै नगरेको स्थानीयको आरोप छ।