उपनिर्वाचनः ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी निर्वाचित

<span class='c1'>उपनिर्वाचनः ग्रामथान गाउँपालिका अध्यक्षमा</span> <span class='c2'>माओवादीका माझी निर्वाचित</span>

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नमो नारायण माझी निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बलराम सरदार थारूलाई १ हजार ६३६ मतले पराजित गर्दै माझी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

माओवादीका माझीले ६ हजार ९६९ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । त्यसैगरी काँग्रेसका थारूले ५ हजार ३३३ मत पाएका छन् । नेकपा एमालेका उम्मेद्वार तुलसीराम विश्वासले ४ हजार १५९ मत प्राप्त गरेका छन् ।

७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता थिए । तीमध्ये १८ हजार ५७७ जना मतदानमा सहभागी भएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले बताए ।

ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र कायम गरिएको थियो । विभिन्न दलबाट १५ र स्वतन्त्र १ सहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।

२०७९ को निर्वाचनबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । असार ३ गते उनको निधन भयो । रिक्त रहेको अध्यक्ष पदका लागि आइतबार उपनिर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्