काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा विराटनगर किङ्स ९२ रनमा अलआउट भएका छन् ।
विराटनगर किङ्सले १६.१ ओभरको खेलमा १० विकेट गुमाएर ९२ रन मात्र बनाएका हुन् ।
सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गरेको हो । यो विराटनगरको लगातार दोस्रो हार हो । विराटनगरले पहिलो खेलमा जनकपुरसँग ८ विकेटको हार बेहोरेको थियो ।
सुदूरपश्चिमले विराटनगरलाई १ सय ८३ रनको लक्ष्य दिएको थियो । सुदूरपश्चिम रोयल्सले २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ८३ रनको लक्ष्य दिएको थियो । सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले ५७ रनको योगदान दिएका थिए । विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने सुदूरपश्चिमका मार्की खेलाडी र कप्तान दिपेन्द्रसिंह ऐरी हुन् ।