इन्दु साह
विराटनगर । विराटनगरका विभिन्न ठाउँमा निजी खाली जमिन रहेका छन् । खाली स्थानमा वरपरका नागरिकले फोहोर फ्याक्ने गरेको भनी महानगरपालिकामा गुनासो आउने गरेको छ ।
सडक छेउछाउको खुल्ला स्थानमा फोहोर फ्याँक्ने नगरवासीको बानीले शहरको सौन्दर्यकरणलाई असर पु¥याउँदै आएको हो ।
विराटनगर महानगरपालिका सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहालका अनुसार उक्त स्थलहरु निजी हुन् । फोहोर थुपार्ने गरिएको स्थलहरु कस्को हो भन्ने पहिचान नभएकोले उक्त फोहोर सरसफाई गर्न असहज भएको दाहालको भनाई छ ।
महानगरपालिकाले त्यसरी घेराबेरा नलगाई खुल्ला स्थल छोड्नेलाई नै त्यहाँ विभिन्न व्यक्तिले थुपारेको फोहोर सफाई गर्न लगाउने गरेको छ । पछिल्लो समय महानगरपालिकाले नगर सरसफाई व्यवस्थापनमा निगरानी बढाएसँगै नागरिकले रातको समयमा फोहोर वरपरका खुल्ला स्थानमा फ्याँक्ने गरेका हुन् । महानगरपालिकाले विभिन्न स्थानमा सिसिटिभी क्यामेरा राखेर समेत निगरानी गरिरहेका छन् ।
महानगरका केहि नागरिकले नगर सफाईमा चासो देखाउदै फोहोर फ्याक्ने व्यक्तिको पहिचान गरी जानकारी दिने गरेका छन् । तर नगरसफाईको लागि विभिन्न अभियान चलाई रहँदा महानगरमा भएका निजी खाली स्थलमा भने यसरी फोहोर फ्याक्ने थिती नै बसेको छ । विराटनगरमा लामखुट्टे नियन्त्रण गर्न विभिन्न कार्यक्रम गरिरहदा यस्तो फोहोर थुपार्दा लामखुट्टे नियन्त्रणमा अझ समस्या निम्तन्छ ।
भान्साबाट निस्कने फोहोर देखि व्यावसायिक फोहोरसम्म त्यसरी खुल्लास्थानमा फ्याकिने गरेको छ । पहिलेका वर्षहरुमा महानगरले बजार आसपासका खुल्ला स्थल भएका ठाउँलाई पार्किङस्थल बनाएको थियो। तर पार्किङस्थलमा सवारीहरु पार्क गर्न छोड्नसाथ ति ठाउँहरुमा समेत फोहोरको थुप्रो देखिन थालेका छन् । यता महानगपालिकाले भने ति स्थलका सम्बन्धित व्यक्तिहरुलाई भएका फोहर सफाई गर्न समय दिएका छन् । महानगपालिकाले नगरभित्र भएका साली राखिएको स्थल घेरबेर गर्न अनुरोध गर्दै आएको छ ।