विराटनगर । विराटनगर विमानस्थलबाट मंगलबार उडान अवतरण प्रभावित बनेको छ ।
प्रतिकूल मौसमका कारण बिहानै देखि जहाज उडान र अवतरण हुन नसकेको हो । विराटनगर विमानस्थलका प्रमुख सुवास झा अनुसार बिहानदेखि लागेको हुस्सुका कारण भिजिविलिटि कम भएकोले विमान उडान अवतरण नभएको हो।
बेलुकीसम्म भिजिविलिटि क्लियर भए सबै प्रभावित भएका विमान उडान हुने प्रमुख झाले बताएका छन् । आज (मंगलवार) कुनै पनि उडानहरु भएका छैनन् । बाक्लो कुहिरो लाग्ने गरेकाले भिजिविलिटी कमजोर रहेको जनाइएको छ ।
बिमानस्थलका प्रमुख झाका अनुसार बुद्ध एयर, यति एयर र श्री एयरलाइन्स कुनै विमानले पनि उडान भरेको छैन । उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिनेहुन्छ