विराटनगर । केही दिनदेखि तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएका थिए।
विराटनगर विमानस्थलबाट आज(बिहीबार) देखि नियमित उडान अवतरण सुरु भएको विराटनगर विमानस्थलका प्रमुख सुवास झाले जानकारी दिए।
प्रतिकूल मौसमका कारण मंगलबार र बुधबार जहाज उडान र अवतरण हुन सकेको थिएन । विमानस्थलका प्रमुख झाका अनुसार बिहीबार बिहानदेखि हुस्सु कम लागेका कारण भिजिविलिटि पनि बढी भएको हुदा विमान उडान अवतरण हुन् थालेको हो।
बिमानस्थलका प्रमुख झाका अनुसार बुद्ध एयर, यति एयर र श्री एयरलाइन्सका विमानले पनि उडान सुरु गरेका छन् । उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिने हुन्छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने आन्तरिक र बाह्य उडान नियमित रुपमा सञ्चालन भईरहेका छन् ।