-सुरेशकुमार पाण्डे
" के हामी महिलाहरू पुरूषका दाश हौँ ? सधैँभरी हजुरहरूले भनेकै हुँने अहिले एक्किसौँ सदिका हामी महिँलाहरूले सहन सक्दैनौँ ।" डल्ली आफ्नाबाटै मुर्मुराई।
" के भन्न खोजेको तिमिले ! भन त तिमि दाश कसरी भयौ? आफ्नो घरको काम त सबैले गर्नैपर्छ । मै पनि त बिहानै आर्काको काममा जान्छु र तिमिलाई थाहा नै छ बाह्र घन्टा कामगरेर साँझ घर आउँछु।"-मिठ्ठुले डल्लीलाई सम्झाउँदै प्रतिप्रश्न गर्यो।
ऊ भर्खर कामबाट फर्किएको थियो।"कमाउँन त पर्यो नी जग्गा जमिन कुनै व्यवसाय नभए ज्यान त पाल्नै पर्यो के ठुला कुरा भयो।त्यो काम मैले पनि गर्नसक्छु "- डल्ली फतफताई।
" त्यो त ठिकै हो मैले नकराई काम गरिरहेको छु तिमिलाई त काम् मा जाउ भनेको छैन नी।"- मिठ्ठुले भन्यो।
" म पनि खाली काम नगरी त बसेकी छैन काम गरेकै हुन्छु घरमा ।अब भोलीबाट नजिक बजारको कम्पनीमा नोकरी गर्छु मैलेपनि नाम निकाली सकें ।"- डल्ली राता आँखा देखाउँदै भान्सा कोठभित्र पसी। "सुन त ! तिमी जिद् नगर तिमीले घरमा काम गर मैले कमाएकोले पुगेकै छ।"- मिठ्ठुले डल्लीलाई काममा नजान भन्यो। " म तिम्रो आश्रृतमा मरिगए बस्दिन मलाई स्वतन्त्र भएर जिउँने मन् छ।"- डल्ली आफ्नो बिचारमा अडी।
" धेरै स्वतन्त्रता पनि ठिक होइन है डल्ली दुबैजना मिलेपछि बल्ल घर बन्छ।"- मिठ्ठुले सम्झाउँन खोज्यो।तर डल्लीले अनसुनी गरी।
दुईजनाको मामुली भनासुन पछि उनिहरू आ आफ्नो कोठातिर लागे।बिहानै उठेर मिठ्ठु काममा गयो।अलिवेर पछि डल्ली पनि बाजारको एउटा कम्पनीमा गएकी फेरी फर्किएर आइन।
घोराही-१८,दाङ