झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृ*त्यु

<span class='c1'>झापामा मोटरसाइकल दुर्घटना हुँदा</span> <span class='c2'>दुई जनाको मृ*त्यु</span>

भद्रपुर (झापा) । दमक नगरपालिका–१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

चालकसहित तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार जिल्ला झापा गौरादह नगरपालिका–५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई रहेका छन् ।

यसैगरी मोटरसाइकल चालक जिल्ला मोरङ रतुमाई नगरपालिका–८ का २७ वर्षीय विराज थापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रनाउ चन्दले बताउनुभयो । मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्