सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने तयारीमा कोशी प्रदेश

<span class='c1'>सञ्चार प्रतिष्ठान ऐन जारी</span> <span class='c2'>गर्ने तयारीमा कोशी प्रदेश</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक आर्थिक वर्षभित्रै सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने तयारी भएको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)ले कोशी प्रदेशका स्थानीय समाचारदाताहरुका लागि आयोजना गरेको तीनदिने क्षमता विकास कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले उक्त जानकारी दिनुभएको हो ।

सञ्चार प्रतिष्ठान ऐन पत्रकारको क्षमता विकास र सुरक्षामा महत्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सरकारबाट भएका विकास–निर्माणका सकारात्मक गतिविधिलाई जनसमक्ष पु¥याउने र गल्ती कमजोरीमाथि खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । राससले आफूलाई समयानुकूल परिवर्तन गर्दै ‘सबैले खोज्ने र रोज्ने’ बनाउन सुझाउनुभयो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकार पत्रकारिताको प्रवद्र्धनमा निरन्तर लागिरहेको बताउनुभयो । आगामी वर्ष २० लाख पर्यटक कोशी प्रदेशमा भित्र्याउने योजना रहेको र त्यसले देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई २१औँ शताब्दीको सञ्चार संस्थाको रुपमा स्थापित गराउन आफू क्रियाशील रहेको बताउनुभयो । उहाँले स्थानीय तहमा भएका विकास– निर्माणका कामलाई बाहिर ल्याउन जिल्ला सामाचारदाताहरुलाई निर्देशन दिनुभयो । साथै उहाँले जनतालाई केन्द्रविन्दुमा राखेर कलम चलाउन आग्रह गर्नुभयो ।

स्वागत मन्तव्य गर्दै राससका महाप्रबन्धक सिद्धराज राईले सकारात्मक पत्रकारितालाई बढावा दिनुपर्नेमा जोड दिनुभयो ।

रासस सञ्चालक समिति सदस्य शङ्कर खरेलले सरकारी एवं गैरसरकारीस्तरमा भएका कामलाई नागरिकसमक्ष पु¥याउन सम्बद्ध सबैलाई आग्रह गर्नुभयो ।

मिथिला मिथक विमोचान

त्यस अवसरमा कार्यकारी अध्यक्ष झाद्वारा लिखित ‘मिथिला मिथक’ पुस्तकको मुख्यमन्त्री कार्की र कानुनमन्त्री भण्डारीले संयुक्त रुपमा विमोचन गर्नुभयो ।

पत्रकारितासँगै पुस्तकका माध्यमबाट समाज परिवर्तनमा लेखक झाले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्